RUMPUM
animated ellipse animated ellipse

पत्रकार मुडियारीलाई ज्यान मार्ने धम्की

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१ बैशाख २०७७, सोमबार १९:५१
9
Shares
विराटनगर / प्रेस संगठन मोरङले आफ्ना जिल्ला सदस्य बाबुराम मुडियारीलाई ग्रामथान गाउँपालिकाका केही व्यक्तिले गाली बेइज्जती तथा दुव्र्यवहार गरेको भन्दै आपत्ती जनाएको छ ।

लकडाउनको समयमा स्थानीय तहबाट राहत वितरण गर्दा राहत दिनै नपर्नेलाई पनि दिइरहेको सूचना पाएर समाचार संकलनका लागि वितरणस्थलमा पुगेको बेला मुडियारीलाई ग्रामथानका स्थानीय गमर मुडियारी, झवरलाल मुडियारीसहित परिवारका सदस्यले गालिगलौज गर्दै मारेर फ्याँकिदिने धम्की दिएको सो संगठनले जनाएको छ ।

यसखालको घटना प्रेस स्वतन्त्रता विरोधी भएको बताउँदै प्रेस संगठन मोरङले विपन्न गरीब, मजदुर र दैनिक ज्यालादारी गरेर खाने भूमिहीनहरुलाई बन्दाबन्दीको समयमा जीवन रक्षाका लागि दिनुपर्ने राहत हुने खाने र जमिन्दारलाई वितरण गरेको कुरा ढाकछोप गर्न पत्रकारलाई धम्की दिइएको दाबी गरेको छ ।

प्रेस संगठन मोरङका संयोजक सुदिप कोइराला र सहसंयोजक गोकुल पराजुलीद्वारा जारी विज्ञप्तिमा गालीगलौज गर्ने महेन्द्र मुडियारी, जोगेन्द्र उराँव, जीतमान उराँवलगायत ज्यान मार्ने धम्की दिने गमर र झवरलाल मुडियारीको विषयमा तथ्य छानविन गरी आवश्यक कारवाही गर्न माग गरिएको छ । यसका साथै पत्रकार बाबुराम र उनको परिवारको सुरक्षाको पूर्णप्रवन्ध गर्न स्थानीय प्रशासनको समेत गम्भीर ध्यानाकर्षण गराइएको संगठनले जनाएको छ ।

पत्रकार मुडियारी विराटनगरबाट प्रकाशित हाम्रोमत दैनिकका सम्वाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर