नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १२ पुग्यो

खबर पूर्वाञ्चल, ३० चैत्र २०७६, आईतवार १९:२४

काठमाण्डौ / थप तीन जनामा नोबेल कोरोना भाइरसको सङ्क्रमण देखिएसँगै नेपालमा रहेका कोरोना सङ्क्रमितको सङ्ख्या १२ पुगेको छ ।

यद्यपी गएरातिको जाँचमा कोरोना सङ्क्रमित भेटिएका ३ जना भारतीय नागरिक हुन् । उनीहरू ३७, ४४ र ५५ वर्षका रहेको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । उनीहरुमध्ये एकजना दिल्ली र दुई जना उत्तर प्रदेशका बासिन्दा रहेको खुलेको छ । तीनैजना व्यक्तिको सम्पर्कमा आएकाहरूको बारेमा अभिलेख खोज्नका लागि विज्ञ टोली परिचालन गरिएको डा देवकोटाले बताए । उनका अनुसार अहिलेसम्म ५ हजार १ सय ८४ जनाको कोरोना भाइरस परीक्षण गरिएको छ ।

विभिन्न जिल्लामा अहिलेसम्म द्रुत रूपमा ३ हजार ३ सय २१ जनाको परीक्षण भएको प्रवक्ता डा.देवकोटाले बताए । आजसम्ममा काठमाण्डौँ उपत्यकाभित्र १५ जना र उपत्यकाबाहिर ७० जना गरेर ८५ जना आइसोलेसनमा मन्त्रालयले जनाएको छ । देशभर ७ हजार ९ सय ७३ जना मानिस क्वारेन्टाइनमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५