धनकुटा / धनकुटा पात्ले ६ का ४० बर्षीय मनोज खड्का मृत अवस्थामा फेल परेका छन् ।
यही चैत्र २३ गते घरबाट कोहि कसैलाई नसोधी हिडेका उनी घर फर्कि नआएपछी आफन्तले हिजो जिल्ला प्रहरी कार्यालय धनकुटामा जानकारी गराएका थिए । घटनाको जानकारीसंगै उनको हुलिया अनुसार खोजतलासमा खटिएको प्रहरी टोलीले आज दिउँसो धनकुटाकै शिलढुंगाको चेपमा खड्कालाई मृत अबस्थामा फेला पारेको हो ।
उनी मृत अवस्थामा फेला परेसंगै घटनास्थलको कानुनी कारबाही र अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
तपाईको प्रतिक्रिया