AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

कुलायन ब्याट्री इन्डस्ट्रीजले गर्यो विपन्नलाई सहयोग

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ चैत्र २०७६, शनिबार १५:४०
3
Shares
सुनसरी / सुनसरीको खनारमा रहेको कुलायन ब्याट्री इन्डस्ट्रीज प्रालिले इटहरी उप–महानगरपालिकालाई २ हजार किलो चामल हस्तान्तरण गरेको छ ।

इटहरी उपमहानगरपालिका क्षेत्रका विपन्न परिवारको सहयोगका लागि राहत स्वरुप चामल हस्तान्तरण गरिएको प्रालिका सञ्चालक गीरेन्द्र कार्कीले बताए । चामल मेयर द्वारिकलाल चौधरीलाई हस्तान्तरण गरिएको छ ।

‘लकडाउनको समयमा धेरै विपन्न परिवार र मजदुर भोकै हुने अवश्था छ, यो समयमा उनीहरुलाई केही सहयोग होस भनेर हामिले चामल हस्तान्तरण गरेका हौँ,’ सञ्चालक कार्कीले भने ‘हाम्रो सामाजिक उत्तरदायित्व अन्तरर्गतका यस्तो अभियान जारी रहनेछ ।’

उनले कोरोना भाइरससँग लड्ने सरकारको अभियानमा प्रालीको सँधै साथ रहने समेत बताए । चामल बुभ्mदै मेयर चौधरीले विषम परिस्थितिमा उपमहानगर मार्फत विपन्नलाई सहयोग गरेकोमा प्रालीलाई धन्यवाद दिए । ‘हामी नागरिकलाई सुरक्षित राख्न हर समय प्रयासरत छौँ, यो अभियानमा तपाईहरुले पनि साथ दिनुभएको छ, यस्ता सहयोगी हातहरु प्रति म आभार प्रकट गर्दछु,’ मेयर चौधरीले भने ।

प्रालीका सञ्चालक तथा युवा व्यवसायी कार्कीले यस अघि विराटनगर ११ का विपन्न परिवारलाई पनि राहत वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर