पूर्वाञ्चल खबर
छिमेकी राष्ट्र भारतमा कोरोनाको कारण सबैभन्दा बढी २ सय ४९ जनाको ज्यान गएको छ भने अहिलेसम्म ७ हजार ६ सय जनामा संक्रमण देखिएको पुष्टि रहेकोमा ७ सय ७४ जना निको भएर घर फर्किएका छन् । पछिल्लो १२ घण्टामा भारतमा २२ जनाले ज्यान गुमाएका छन् ।
यसैगरि पाकिस्तानमा ६६ जनाको ज्यान गएको छ भने अहिलेसम्म ४ हजार ६ सय ६६ जनासंक्रमण देखिएको पुष्टि रहेकोमा ७ सय २७ जना निको भएर घर फर्किएका छन् । त्यस्तै बंगलादेशमा कोरोना संक्रमितबाट २७ जनाले ज्यान गुमाएका छन भने ४ सय २४ जना संक्रमित भेटिएका छन् भने ३० जना निको भएर घर फर्किएका छन् ।
अफगानिस्तानमा भने १३ जनाले ज्यान गुमाएका छन भने ५ सय २१ जना संक्रमित भटिएकोमा ३२ जना निको भएर घर फकिैएका छन् । श्रीलङ्कामा भने कोरानाका कारण ७ जनाले ज्यान गुमाएका छन् भने १ सय ९७ संक्रमिक रहेको पुष्टि भएकोमा ५४ जना निको भएर घर फर्किएका छन् । श्रीलङ्कामा पछिल्लो २४ घण्टामा ७ जना नयाँ संक्रमिक थपिएका छन् ।
माल्दिभ्स, भुटान र नेपालमा हालसम्म कोरोना संक्रमणका कारण मानवीय हताहती भएको भेटिएका छैन् ।
अहिलेसम्म माल्दिभ्समा १९, नेपालमा ९ र भुटानमा ५ जना संक्रमित भेटिएका छन् । नेपालमा हालसम्म भेटिएका ९ संक्रमितमध्ये १ जनाको उपचार भइ घर फर्केका छन् भने ८ जना उपचाररत रहेका छन् । भुटानमा २ र माल्दिभ्समा १३ जनाको उपचार भइ घर फर्केका छन् ।