RUMPUM
animated ellipse animated ellipse

कांग्रेस कोशी सभापतिमा रायमाझीको उम्मेदवारी घोषणा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३० कार्तिक २०८३, सोमबार १७:०९
3
Shares
विराटनगर / नेपाली कांग्रेस कोशी प्रदेशका उपसभापति रमेशजंग रायमाझीले प्रदेश सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् ।

राष्ट्रिय सभाका पूर्वसदस्यसमेत रहेका रायमाझीले आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै आगामी प्रदेश अधिवेशनमा सभापति पदका लागि उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनले लामो समयदेखि पार्टी राजनीतिमा सक्रिय रहेको र प्रदेशको उपसभापतिको जिम्मेवारीसमेत सम्हालिरहेकाले नेतृत्वमा दाबी स्वाभाविक भएको बताए । पार्टीलाई नेतृत्व गरेर अघि बढाउने उद्देश्यले सभापतिमा उम्मेदवारी दिन लागेको उनको भनाइ छ ।

‘कोशी प्रदेश तराईदेखि हिमालसम्म फैलिएको छ । त्यसैले प्रदेशका सबैलाई जानकारी गराउन आज पत्रकार सम्मेलन गरेर उम्मेदवारी घोषणा गरेको हुँ,’ उनले भने । रायमाझीले आफूले पार्टीको विभिन्न जिम्मेवारी र दलको नेताका रूपमा समेत काम गरिसकेको उल्लेख गर्दै नेतृत्वका लागि आवश्यक अनुभव आफूसँग रहेको दाबी गरे । उनले सभापति चयनका लागि पहिलो प्राथमिकता सर्वसम्मतिको प्रयास हुने बताए । सर्वसम्मति हुन नसके लोकतान्त्रिक विधिअनुसार निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गरिने उनको भनाइ छ ।

‘सुरुमा सर्वसम्मतिको प्रयत्न हुनेछ । सर्वसम्मति हुन सकेन भने पनि लोकतान्त्रिक विधि अपनाएर निर्वाचनमा जान्छौँ,’ उनले भने । सभापतिमा उम्मेदवारी घोषणा गर्दै रायमाझीले आफूलाई सबै पक्षको साथ र सहयोग प्राप्त हुने विश्वाससमेत व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर