विराटनगर / कोरोना भाइरसको कारण विश्व भर १ लाख २ हजार ७ सय ३४ जना मानिसले ज्यान गुमाएका छन् । तथ्यांक अपडेट गरिरहेको वोल्डो मिटरका अनुसार भाइरसबाट १६ लाख ९९ हजार ६ सय ३१ जना संक्रमिक रहेको जनाएको छ ।
भाइरसका कारण सबैभन्दा धेरै इटलीमा १८ हजार ८ सय ४९ जनाको मृत्यु भइसकेको छ भने दोस्रोमा अमेरिकामा अहिलेसम्म १८ हजार ७ सय ४७ जनाको मृत्यु भएको छ । अमेरिका पछि स्पेनले ठूलो क्षति ब्यहोरेको छ । अहिलेसम्म स्पेनमा १६ हजार ८१ जनाको मृत्यु भएको छ ।
अमेरिकामा ५लाख २ हजार ८ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा २७ हजार ३ सय १४ जना निको भएर घर फर्किएका छन् । त्यस्तै स्पेनमा १ लाख ५८ हजार २ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ५५ हजार ६ सय ६८ जना निको भएर घर फर्किएका छन् ।
इटालीमा १ लाख ४७ हजार ५ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ३० हजार ४ सय ५५ जना निको भएर घर फर्किएका छन् ।
नेपालमा भने ९ जना संक्रमिक भएकोमा १ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने छिमेकी मुलुक भारतमा ७ हजार ६ सय जना संक्रमिक भएकोमा २ सय ४९ जनाको मुत्यु भएको छ भने ७ सय ७७ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
तपाईको प्रतिक्रिया