विपन्न परिवारलाई घरमै राहत पु¥याउन मुख्यमन्त्री राईको निर्देशन

खबर पूर्वाञ्चल, २८ चैत्र २०७६, शुक्रबार २१:०५
फाइल तस्वीर

विराटनगर / राहतमा वितरणका क्रममा सार्वजनिक स्थानमा भिडभाड हुनथालेपछि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले विपन्न परिवारलाई घरमै राहत पु¥याउने व्यवस्था मिलाउन स्थानीय तहका जनप्रतिनिधिहरुलाई निर्देशन दिएका छन् ।

राहत वितरणका क्रममा सार्वजनिक स्थानमा भिड हुनथाालेपछि मुख्यमन्त्री राईले घरमै राहत पु¥याउने व्यवस्था मिलाउन निर्देशन दिएका हुन् ।

आज विराटनगरमा बसेको सुरक्षा परामर्श समितिको परामर्श समितिको बैठकमा मुख्यमन्त्री राईले राहतका नाममा भिडभाड हुन नदिन निर्देशन दिए ।

स्थानीय तहले वितरण गरिरहेको राहत लिनेको घुइचो बढ्दा कोरोना भाइरसको संक्रमण भइहाले अवस्था भयावह हुने बताउँदै मुख्यमन्त्री राईले स्थानीय तहले डेलिभरी भ्यानको व्यवस्था गरेर घर घरमै पुगेर राहत वितरण गर्ने व्यवस्था मिलाउनु पर्ने बताए ।
व्यवस्थापन मिलाउन तराईमा थप मिहेनत गर्नुपर्ने भएकोले सुरक्षा समन्वयमा ति काम गर्न उनले निर्देशनसमेत दिए ।

भाईरस संक्रमण रोकथामका लागि सीमा नाका र खुला सीमाका विभिन्न सम्भावित मार्गहरुमा सुरक्षा निगरानी गरी थप कडाई गर्नुको विकल्प नभएको पनि मुख्यमन्त्री राईले बताए ।

मुख्यमन्त्री राईले प्रदेश १ लाई सुरक्षित राख्न प्रदेशका सबै निकायले आफ्नो ठाउँमा स्रोत र साधनको अधिकतम सदुयोग गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

KVM

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५