औषधी व्यवसायी संघद्धारा प्रदेश सरकारलाई ज्ञापन पत्र

खबर पूर्वाञ्चल, २८ चैत्र २०७६, शुक्रबार १८:५०

विराटनगर / नेपाल औषधी व्यवसायी संघ मोरङले औषधीजन्य बस्तुको आपूर्तीको ढुवानीमा निर्वाध रूपमा सञ्चालन गर्न दिनुपर्ने माग राख्दै प्रदेश १ सरकारलाई ज्ञापन पत्र बुझाएका छन् ।

लकडाउनमा औषधी तथा औषधीजन्य बस्तुहरु ढुवानी गर्दा प्रहरीले बाटोमा असहयोग गर्ने गरिरहेकोले त्यसलाई सहज रूपमा आवत जावत दिनुपर्ने माग राख्दै संघले आज प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाएका हुन् ।

प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्कमत कार्की र सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई भेटेर नेपाल औषधी व्यवसायी संघका अध्यक्ष लक्ष्मीप्रसाद तिम्सिना, उपाध्यक्ष देशबन्धु ढकाल, सचिव हरिराज रेग्मीले ज्ञापनपत्र बुझाएका थिए ।

विरगञ्ज र काठमाण्डौबाट आउनुपर्ने औषधीको ढुवानी नहुँदा प्रदेश १ मा दिर्घरोगी तथा आकस्मिक विरामीहरुको उपचारमा आवश्यक पर्ने औषधीहरुको बजारमा अभाव हुन थालिसकेकोले तत्काल त्यस्ता औषधीहरुको ढुवानीमा पहल गरिनुपर्ने संघद्धारा जारी विज्ञाप्तीमा उल्लेखछ ।

कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण देश अहिले विषम परिस्थितिबाट गुज्रिरहेको अवस्थामा अति आवश्यकीय औषधीजन्य वस्तुहरुको अभाव हुन नदिन संघले भुमिखा खेल्दै आएको जनाएको छ । कोरोना भाइरस संक्रमणको त्रास र गम्भिरताका वावजुद चिकित्सक, स्वास्थ्यकर्मी र सुरक्षाकर्मी सँगै अग्रपंत्तिमा खटिएर सेवा दिंदै आएका औषधी व्यवसायी तथा उनीहरुका कर्मचारीहरुको जीवन रक्षाकालागि प्रदेश सरकारले सुरक्षा सामाग्रीको व्यवस्था गर्न पनि संघले माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

KVM

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५