पूर्वाञ्चल खबर
हिजोदेखि बाडेको राहत हुने खालका परिवारले लिएको पाइएको छ । राहत वितरण गर्दा लागेको लाइनमा हुने खालका परिवारहरुको वस्चर्व रहेको थियो ।
वडा अध्यक्ष विश्वनाथ भगले राहत बाड्ने कुरा हुँदा मलाई सम्पन्न परिवाबाट राहत पाउने लिष्टमा नाम लेख्न धेरै फोन गरेर दवाब दिएको बताए । धेरै जसो मधेसी र मारवाडी परिवारबाट दवाव आएको वडा अध्यक्ष भगतले बताए ।
राहतमा १२ केजी चामल, २ केजी दाल, १ केजी नुन, आधा लिटर खाने तेल र १ पिस सावुन वितरढा र्गिरएको वडा अध्यक्ष भगतले बताए । राहत त गरिव र विपन्न परिवारकोलागि मात्र हो तर यहाँको जनताले त सवै जनाले पाउँने भनेर बुझेर राहत लिन आए जस्तो देखियो एक जना बडा सदस्यले भने । धेरै जसोको भनाइ थियो पाइन्छ भने किन छोड्ने ती वडा सदस्यले बताए ।
दुईदिन बाडेको राहत ४ सय ४७ परिवारलाई राहत बाडेको वडा कार्यलयले जनाएको छ ।