पूर्वाञ्चल खबर
कोशी अस्पताल विराटनगरबाट शंकास्पद व्यक्तिको नमूना परिक्षण गरिने भएको हो । विराटनगरबाट कोरोना परिक्षणका लागि आवश्यक तयारी गरिएको प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए । परिक्षणका लागि आवश्यक उपकरणहरु र केमिकलहरु आज हेलिकप्टरबाट विराटनगर आईपुगेको मन्त्री घिमिरेले बताए । उनले भने,‘संभवत भोलीदेखि परिक्षणको तयारी गरिएको छ ।’ कोशी अस्पतालबाट नमूना परिक्षण शुरु भएपछि दैनिक करिव ९६ जनाको नमूना संकलन गर्न सकिने मन्त्री घिमिरेले बताए ।
सुनसरीको धरानबाट दैनिक करिव २० जनासम्म नमूना संकलन भईरहेको उनले बताए । नमूना संकलन गर्नुपर्ने संख्या बढेसँगै विराटनगरबाट पनि परिक्षण शुरु गर्न लागिएको मन्त्री घिमिरेले बताए । उनले भने,‘प्रदेश १ का १४ जिल्लाबाट नमूना संकलन गरि धरान र विराटनगरमा परिक्षण गरिने छ ।’ विराटनगरबाट गरिने कोरोना परिक्षणका लागि पहिलो चरणमा ६ सय जनाको नमूना संकलन गर्न पुग्ने केमिकल ल्याईएको वीर अस्पताल काठमाण्डौंका जेनेटिक साईन्टीस् तथा कोरोना परिक्षण विज्ञ समूहका वलराम गौतमले बताए ।
भोलीदेखि प्रदेश १ का क्वारेन्टाईनबाट ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) गरिने भएको छ । भोली झापाको मेचीनगर र भद्रपुरमा नेपाली सेनाको क्वारेन्टाईनमा रहेकाहरुको आरडिटी शुरु हुने प्रदेश १ जनस्वास्थ्य प्रयोगशालाका निर्देशक जयवेन्द्र यादवले जानकारी दिए । आरडिटीका लागि प्राविधिकहरुलाई तालिम दिईसकीएको उनले बताए । उनले भने,‘ आरडिटीमा शंकास्पद देखिएमा कोरोना परिक्षण हुनेछ ।’ उनका अनुसार पहिलो चरणमा ५ हजारको टेष्ट गरिने छ ।