लायन्स क्लवद्धारा पीपीई हस्तान्तरण

खबर पूर्वाञ्चल, २६ चैत्र २०७६, बुधबार १५:४८

विराटनगर / विराटनगरका दुईवटा स्वास्थ्य संस्थालाई लायन्स क्लवले व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) हस्तान्तरण गरेको छ ।

प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको उपस्थितिमा मोरङ रेडक्रस सोसाईसी र हाम्रो अस्पताललाई ५÷५ थान पीपीई सेट हस्तान्तरण गरिएको लायन्स क्लव ३२५ ए वानका सेकेण्ड भाईस डिष्ट्रीक गर्भनर रेवतबहादुर कार्कीले बताए ।

लायन्स क्लव ३२५ ए वानले अहिलेसम्म ५२ थान पीपीई वितरण गरिसकीएको उनले बताए । उनका अनुसार विराटनगर महानगरपालिकालाई २५ र बाँकी अन्य स्वास्थ्य संस्थाहरुलाई उपलब्ध गराईएको छ ।

मोरङका स्थानीय तह र सामाजिक संस्थाहरुमा पनि लायन्स क्लवले खाध्य सामाग्री पनि वितरण गरेको लायन्स क्लवका एरिया को–अर्डिनेटर रिषव दाहालले वताए । उनका अनुसार महिला जागृति बृद्धाश्रम र मानव सेवा आश्रममा खाध्य सामाग्री उपलब्ध गराईएको छ ।

विराटनगर २, ३, ४, ६, ७, १९ र ग्रामथान २ मा खाद्य सामाग्री उपलब्ध गराईएको एरिया को–अर्डिनेटर दाहालले जानकारी दिए । उनका अनुसार एक साताको अवधिमा १ हजार १ सय परिवारलाई खाद्यान्न सामाग्री उपलब्ध गराईएको छ ।

लायन्स क्लवले प्रदेश १ प्रहरी कार्यालयमा २ सय थान मास्क, १ सय ५६ थान ह्याण्ड सेनिटाईजर, जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङमा १ सय ५० थान मास्क, ३५ थान ह्याण्ड सेनिटाईजर वितरण गरिएको छ ।

विराटनगर वसपार्कमा रहेका यातायात मजदुरलाई खाना खुवाउनका लागि ८ वोरा चामल, ३ वोरा दाल, नुन र तरकारी खरिदका लागि नगद ५ हजार उपलब्ध गराईएको लायन्स क्लवले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

KVM

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५