AArya
RUMPUM
animated ellipse animated ellipse

कोरोना भाइरस संक्रमणबाट भारतमा १ सय ३६ जनाको मुत्यु, संक्रमिकको संख्या ४ हजार ७ सय ४७ पुग्यो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२५ चैत्र २०७६, मंगलवार ०८:५६
3
Shares
विराटनगर / चीनको वुहान सहरबाट विश्वभर महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरस (कोभिड–१९)संक्रमणबाट भारतमा मृत्यु हुनेको संख्या १ सय ३६ पुगेको हो ।

संक्रमितको संख्या भारतमा अहिलेसम्म ४ हजार ७ सय ७८ जना पुग्दा ३ सय ७५ जना निको भएका घर फर्केका छन । बितेको २४ घण्टामा भारतमा ७ सय ४ जनामा कोभिड १९ को सक्रमण देखिएको छ भने २८ जनाको मृत्यु भएको भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चका अनुसार ६ अप्रिलमा देशभर एक लाख एक हजार ६८ जनामा कोभिड १९ संक्रमणको परीक्षण गरिएको थियो ।

महाराष्ट्रमा सोमबार एक सय २० नयाँ संक्रमण भेटिएको छ भने सात जनाको मृत्यु भएको छ । त्यहाँ मृत्यु हुनेको कुल संख्या ५२ पुगेको छ भने संक्रमितको संख्या ८ सय ६८ पुगेको छ । त्यस्तै राजधानी दिल्लीमा संक्रमितको संख्या ५ सय २५ र मृतक संख्या सात पुगेको छ ।

मध्य प्रदेशमा सोमबार ६३ वटा नयाँ संक्रमण भेटिएको छ । त्यहाँको भोपाल जिल्लामा मात्र ४३ जना संक्रमित भएका छन् । मध्य प्रदेशमा अहिलेसम्म संक्रमितको संख्या दुई सय ५६ पुगेको छ ।

सोमबार तेलंगाना राज्यमा ३० जनामा नयाँ संक्रमण भेटिएको छ । यहाँ संक्रमितको संख्या ३ सय ८ र मृतक संख्या ११ पुगेको छ ।

आन्ध्र प्रदेशमा सोमबार ३७ नयाँ संक्रमित थपिएपछि यहाँ कुल संक्रमितको संख्या ३ सय ३ पुगेको छ । केरलामा सोमबार १३ संक्रमित थपिएपछि संक्रमितको कुल संख्या ३ सय २७ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर