पूर्वाञ्चल खबर
सबैभन्दा बढी संक्रमण फैलिएको अमेरिकामा कुल संक्रमितको संख्या ३ लाख ६८ हजार ७९ जना पुगेको छ । एकदिनमै अमेरिकामा १९ हजार जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ भने सोमबार मात्रै ८ सय ५१ जनाको मृत्यु भएको थियो । अमेरिकामा स्वास्थ्य सामग्रीको अभाव चुलिन सक्ने विश्लेषकहरुले चेतावनी दिइसकेका छन् ।
अहिलेसम्म सवै भन्दा बढी इटालीमा ज्यान गएको छ । इटालीमा १६ हजार ५ सय २३ जनाको ज्यान गएको छ भने स्पेनमा १३ हजार ३ सय ४१ जनाको ज्यान गएको छ ।
त्यस्तै अमेरिकामा १० हजार ९ सय २३ जनाले ज्यान गुमाएका छन् । सवैभन्दा बढी कोरोना संक्रमण देखिएको अमेरिकामा १९ हजार ८ सय २८ जना निको भएर घर फर्किएका छन् ।
त्यस्तै स्पेनमा १ लाख ३६ हजार ६ सय ५७ मा कोरोना संक्रमण पुष्टि भएको छ भने ४० हजार ४ सय ४३ जना निको भएर घर फर्किएका छन् भने इटालीमा १ लाख ३२ हजार ५ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि हुँदा २२ हजार ७ सय ३७ जना निको भएर घर फर्किएका छन् ।
नेपालमा भने ९ जना संक्रमिक भएकोमा १ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
कोरोना भारइरसको पूर्ण विवरण www.khabarpurwanchal.com मा लगअन गरेर हेर्न सक्नु हुनेछ ।