पूर्वाञ्चल खबर
विराटनगर महानगरपालिकाले नगरमा वसोवास गर्ने श्रमिक, विपन्न, सुकुम्वासीलाई दुई छाक खानका लागि राहत स्वरुप खाद्यान्न वितरण गर्ने क्रममा वडा नं ११ को मारिक टोल र व्रहमपुराका २ सय ५० जनालाई राहत प्रदान गरिएको छ ।
वितरण गरिएको राहत खाद्यान्नमा १२ किलो चामल, डेढ किलो दाल, दुई किलो आलु, ५ सय ग्राम तोरीको तेल, एक किलो नून र एउटा सावुन रहेको छ ।
वडा अध्यक्ष तीर्थेन्द्र न्यौपानेले वडावासीलाई भोकै वस्न नदिने आफ्नौ प्रण अनुसार विगतमा समाजसेवी लगायतबाट प्राप्त सहयोग विपन्न परिवारलाई प्रदान गरिरहेको बताउनु भयो ।
महानगरले आगामी तीनभित्र २६ हजार विपन्न नगरवासीहरुलाई राहत खाद्यान्न वितरण गर्ने भएको छ ।
यसैगरी मोरङ क्षेत्र ६ का सांसद एवं पूर्व मन्त्री लालबाबु पण्डितले दैनिक जीविकापार्जन गर्नेहरुलाई आफ्नो निर्वाचन क्षेत्रमा आज राहत वितरणमा सहयोग गरेका छन् ।
सांसद पण्डितको पहलमा मोरङको वुढिगंगा गाउँपालिकाका विपन्न परिवारहरुलाई ५० बोरा चालम १० बोरा आलु वितरण गरिएको स्वकीय सचिव मनोज राईले जानकारी दिए ।
विराटनगर –५ र ७ को कारखाना टोल, हरियाली टोलका १ सय ६१ विपन्न परिवारलाई समेत खाद्यान्न वितरण गरिएको छ ।
मोरङको सुन्दरहरैचा नगरपालिकामा वसोवास गर्ने विपन्न परिवारलाई वितरण गर्न १ हजार ५ सय किलो चामल र १ सय ५० किलो नुन नेपाल कम्यूनिस्ट पार्टी (नेकपा) सुन्दर हरैचा नगर कमिटीले नगरपालिकालाई हस्तान्तरण गरेको सचिव मनोज राईले बताए ।