पूर्वाञ्चल खबर
चैत्र २२ गते शनिवार बिहान ७ बजे साथीहरुसंगै घुम्न भनी पिके डाँडातर्फ गएका खड्का बेलुकासम्म पनि घर फर्केर नआई सम्पर्क विहिन भएसंगै उनको खोजतलस शुरु गरिएको थियो ।
खड्काको खोजतलासमा खटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको प्रहरी टोलीले आज दुधकुण्ड नगरपालिका ३ पिकेखोप स्थित भिरको फेदीमा मृत अवस्थामा खड्काको शव फेला पारेको हो ।
खड्कालाई मृत फेला पारिएसंगै जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट अनुसन्धान अधिकृत सहितको थप टोली खटि गई कानूनी प्रकृया तथा अन्य अनुसन्धान कार्य भईरहेको सोलुखुम्बु प्रहरीले जनाएको छ ।