विराटनगर / लकडाउनवाट प्रभावीत भएका नगरबासीहरुलाई विहान वेलुकी हातमुख जोर्न आज देखि विराटनगर महानगरपालिकाले राहत बितरणको कार्य शुरु गरेको छ ।
नगरमा वसोवास गर्ने विपन्न, सुकुम्वासी, अपाङ्ग, दैनिक श्रमिकलगायतका न्यून आय भएका २६ हजार नागरिकहरुलाई खाद्यान्न राहत वितरण गर्ने महानगरपालिका प्रमुख भीम पराजुलीले बताए ।
वितरण गरिएको खाद्यान्नमा १२ किलो चामल, डेढ किलो दाल, दुई किलो आलु, ५सय ग्राम तोरीको तेल, एक किलो नून र एउटा सावुन रहेको छ ।
महानगरपालिकाले पहिलो चरणमा वडा नं. १ का १ हजार ४६, वडा नं. ३ का ३ सय १७, वडा नं. ४ का १ हजार ३ सय ९ र वडा नं. १० का ३ सय ७७ गरी कुल ३ हजार ४९ घरपरिवारलाई खाद्यान्न वितरण गरेको छ ।
प्रत्येक वडा कार्यालयहरुबाट गरिएको लगत संकलन अनुसार विराटनगरमा कुल २५ हजार घरपरिवारले खाद्यान्न पाउने विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले बताए । सो अवसरमा महानगरपालिकाका प्रमुख पराजुलीले नगरवासीहरुको दुःखको बेलामा सदैव साथ रहने बताउँदै कसैलाई भोकभोकै वस्नु र सुत्नु पर्ने अवस्था सिर्जना हुन नदिने प्रतिवद्धता व्यक्त गरे ।
वडा कार्यालय र वडा विपद व्यवस्थापन समितिले संकलन गरेको नामावलीलाई महानगरपालिकाले प्रमाणित गरी वडाको नागरिक वा वसाईसराईको पत्रको आधारमा राहत वितरण गरिएको थियो ।
आगामी तीनसम्म महानगरपालिकाको १९ वडामा राहत वितरण कार्यत्रबmम सञ्चालन गर्नेछ ।
तपाईको प्रतिक्रिया