विराटनगर / प्रदेश १ मा प्रविधिमा आधारित शिक्षण सिकाई कार्यक्रम अर्थात ‘भर्चुअल कक्षा’ शुरु गरिएको छ ।
विश्व महामारीको रुप लिएको कोरोना भाईरस (कोभिड १९) का कारण सरकारले देशव्यापी लकडाउन गरेपछि प्रदेश १ को सामाजिक विकास मन्त्रालयले प्रविधिमा आधारित शिक्षण सिकाइ कार्यक्रम शुरु गरेको छ ।
विद्यालय शिक्षा गुणस्तर सुधार अभियान अन्र्तगत चैत १७ गतेदेखि शुरु कार्यक्रममा प्रदेश १ का १४ जिल्लाका १ सय विद्यालयका शिक्षक सहभागी भएका छन् । प्रविधिमैत्री शिक्षक समाजसँगको सहकार्यमा शुरु ‘भर्चुअल कक्षा’ हरेक दिन २ घण्टा चल्ने गरेको छ । मन्त्रालयले इ–लर्निङ तालिमको योजना बनाईरहेको समयमा देशव्यापी लक डाउन भएपछि ‘भर्चुअल कक्षा’ शुरु गरिएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए । ३ हजार शिक्षकलाई तालिम दिने तयारी भएपनि लकडाउनका कारण नसकीउको मन्त्री घिमिरेले बताए । उनका अनुसार भर्चुअल कक्षामा प्रविधिमा आधारित फोक शिक्षकलाई केन्द्रित गरिएको छ ।
मन्त्रालयले अहिले अनलाईन शिक्षाको प्रणाली विकास गरेर काम गरिरहेको मन्त्री घिमिरले बताए । ‘भर्चुअल कक्षा’ लकडाउन जारी रहेसम्म हुने उनले बताए । मन्त्री घिमिरेले भ्ने,‘ लकडाउन पछि पनि यसखाले शिक्षण विधिबारे हामीले सोचिरहेका छौं ।’ ‘भर्चुअल कक्षा’ले प्रदेश १ भरिका शिक्षकलाई लकडाउनका समयमा सहयोग पुगेको मन्त्री घिमिरेको भनाई छ ।
दैनिक कक्षा सम्पन्न भएपछि सूचना प्रविधि विज्ञले सुझाव दिने गरेका छन् । काठमाण्डौंमा रहेका प्रविधि विज्ञ डा. दोभान राई र मनोज घिमिरेले सुझाव दिने गरेका छन् ।
तपाईको प्रतिक्रिया