पूर्वाञ्चल खबर



खाद्य आपूर्ति सहज व्यवस्थापन, विपन्न, गरीव, तथा दैनिक ज्यालादारी गर्ने श्रमिकलाई हातमुख जोर्न स्थानीय पालिकाको कोषवाट सहयोग उपलव्ध गराउन आग्रह गर्दै मुख्यमन्त्री राईले प्रदेश सरकारललाई तथ्याङक उपलव्ध गराएर आवश्यक रकम तथा भौतिक सामाग्री उपलव्ध गराउने बताए ।
मुख्यमन्त्री राई प्रदेश सरकारले स्थापना गरेको कोराना भाईरस(कोभिड) कोषमा १० करोड जम्मा गरेको र यसमा सवैको सहयोग प्राप्त भइरहेको जानकारी दिदै यसको स्पष्ट कार्यवधि परिचालन गरी सञ्चालन गरेको जानकारी दिए । उनले प्रदेशका स्वास्थ्यकर्मीहरुलाई आवश्यक पर्ने स्वास्थ्य सुरक्षा सामाग्री सङ्घीय , प्रदेश सरकारले उपलव्ध गराएको र थप आवश्यक सम्वन्धमा विज्ञहरुको एउटा टोली निर्माण गरेको जानकारी दिदै सङक्रमितको उपचारमा संलग्न चिकित्कले लाउने पिपिइ, सामान्य चेकजाँचको वेला लाउने पिपिइ, एम्वुलेन्सका चालकले लाउने पिपिइ र अन्य स्वास्थ्य सामाग्रीका ग्रेडिङ सहितको जानकारी गराउन आग्रह समेत गरे ।
मुख्यमन्त्री राईले प्रदेश सरकारले करोना भाइसरका गरेको कार्य लगायतका सम्पूर्ण जानकारी उपलव्ध गराउन मुख्यमन्त्री कायालयमा सूचना डेस्क स्थापना गरिएको जानकारी त्यसले एकै समय सम्पूर्ण टिभि, पत्रपत्रिका, अनलाईन सही तथ्याङक उपलव्ध गराइरहेको बताए ।
मुख्यमन्त्री राईले सरकारले कोरोना भाइरस संङक्रमण नियन्त्रणका लागि उच्च सतर्ककताका साथ सवैको सहयोगमा कार्य गरिरहेको बताउदै अहिले प्रदेशका विभिन्न क्वारेन्टाइनमा खानेवस्ने सुविधा सहित ५ सय जना वसिरहेको जानकारी दिए । करोना उपचारमा संलग्न स्वास्थ्यकर्मी, सुरक्षाकर्मीको सुरक्षाको पहिलो ग्यारेण्टी गर्न आवश्यक व्यवस्थापन गरिएको बताउदै मुख्यमन्त्री राईले कोभिड–१९ लाई पराजित गर्न लकडाउनको अनुसाशित पालनसहित आफ्नो र परिवारको सुरक्षा कायम गर्न सवैसंग आग्रह गरे ।
सामाजिक विकासमन्त्री जीवन घिमिरेले सवैको सहयोगमा २४ घण्टा कार्यले समयमै प्रदेशस्तरीय कोभिड –१९ उपचार केन्द्र अस्पताल तयार भएको बताउदै .यो अस्पताललाई भविष्यमा चिकित्सक शिक्षण संस्था अथवा अन्य विशेष अस्पतालको रुपमा स्थापित गर्न जानकारी दिए ।
कोशी अस्पताल विराटनगरका प्रमुख संगीता मिश्राले कोशी अस्पतालले (कोभिड–१९) स्वाव टेष्टको व्यवस्थाकाका लागि प्रदेश सरकारसँग आग्रह गर्दै आजसम्म कोशीमा ११ स्वाव टेष्ट भएकोमा ९ मा नेगेटिभ आएको जानकारी दिइन् ।
विराटनगर–१० मा साढे सात विघा क्षेत्रमा विगतको नेशनल ट्रेडिङको भवनमा स्थापित कोशी अस्पताल(कोभिड–१९) उपचार केन्द्रमा हाल १० शैय्याको भेन्टीलेटरसहित ५० शैय्याको आइशोलेशन वेड रहेको छ ।
अस्पतालमा कोभिड–१९ बाट सङक्रमितको उपचार सिसिटिभि र मोवाईलवाट सूचनाको आदान प्रदानबाट गरिने व्यवस्था गरिएको छ ।
अस्पतालका सम्पूर्ण उपचारका लागि कोशी अस्पतालले चिकित्सकसहितको सेवा प्रदान गर्नेछ ।