पूर्वाञ्चल खबर
उनका आफन्तका अनुसार उनी ६ दिनदेखि बिरामी छन् । गल्कोटको एक अस्पतालले उनलाई थप उपचारका लागि पोखरा रिफर गरिदियो । १० हजार खर्च गरेर उनीहरु रातारात पोखरा आए ।
५ बजे मनिपाल पुगेका उनलाई भर्ना गरेको आधा घण्टापछि हस्पिटलले निकालि दियो । सामान्य चेकजाँच पछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईयो, यो सवैका पछाडी कोरानाका अन्धभक्तको पराकाष्ठा स्पष्ट देखिन्छ । उनलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमरजेन्सीबाट पनि पाँच मिनेट नबित्दै निकालियो । त्यसपछि आधारात उनीहरुले चौतारोमा बिताए ।
एक प्रहरीको सहायतामा राति १२ बजेपछि मात्र उनलाई हस्पिटलको एक कुनामा राखियो । फेरि उज्यालो नहुदै उनलाई फेरि निकालियो ।