१८ बर्षीय युवतीको शव भिर मुनी फेला

खबर पूर्वाञ्चल, २० चैत्र २०७६, बिहीबार १९:५१

ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका ५ की १८ बर्षीय युवती दिकी शेर्पा स्थानीय सेनिमा भिर मुनी मृत फेला परेकी छिन् ।

चैत्र १८ गते बिहान घाँस काट्न भनी जंगलतर्फ गएकी युवती बेलुकासम्म पनि घर फर्केर नआएपछी खोजतलास गर्दै जाने क्रममा आज भिर मुनी मृत फेला परेकी हुन् ।

घटनाको जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय दोभानबाट प्रहरी टोली खटि गई कानुनी प्रकृया तथा थप अनुसन्धान कार्य भईरहेको ताप्लेजुङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

KVM

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५