विराटनगर /मोरङका र उदयपुरमा २ स्थानमा पानीमा डुबेर मृत्यु भएको छ ।
उदयपुरको बेलका नगरपालिका ८ माझीगाउँका ३८ बर्षीय दिलप्रसाद माझीको कोशी किनारामा माछा मार्ने क्रममा डुबेर मृत्यु भएको हो । कोशी किनारामा माछा मार्न गएका माझी आज दिउँसो ३ बजे पानीमा डुबी रहेको अवस्थामा मृत फेला परेका थिए ।
घटनास्थलमा ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट प्रहरी टोली खटि गई अनुसन्धान कार्य तथा कानूनी प्रकृया भईरहेको छ ।
त्यस्तै यता मोरङको बुढिगंगा गाउँपालिका ६ ऐलानपुरका ४० बर्षीय ठेगिया उराँवको ऐलान खोलामा माछा मार्ने क्रममा डुबेर मृत्यु भएको छ ।
आज दिउँसो २ बजे माछा मार्न भनी गएका उराँव ४ बजे पानीमा डुबेर मृत अवस्थामा फेला परेका थिए । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी टोली खटि गई अनुसन्धान कार्य तथा कानूनी प्रकृया भईरहेको छ ।
तपाईको प्रतिक्रिया