प्रदेश १ बाट आज ५ जनाको नमूना संकलन

खबर पूर्वाञ्चल, २० चैत्र २०७६, बिहीबार १९:४३

विराटनगर । प्रदेश १ मा आज कोरोना भाईरस (कोभिड १९) का शंकास्पद ५ जनाको नमूना संकलन गरिएको छ ।

ओखलढुङ्गाबाट २ र सोलुखुम्वुबाट ३ जना शंकास्पद व्यक्तिको नमूना संकलन गरिएको सामाजिक विकास मन्त्रालययका प्रवक्ता डा. सुरेश मेहताले जानकारी दिए । प्रदेश १ मा आज सम्म ५९ जनाको नमूना संकलन गरिएको छ । कोरोना भाईरसका शंकास्पद ४५ जना पुरुष र १४ जना महिलाको नमूना संकलन गरिएको हो ।

आहिलेसम्म ४२ जनाको रिपार्ट आएको छ । रिपार्ट सवैको नेगेटिभ आएको प्रवक्ता डा. मेहताले बताए । उनका अनुसार झापाबाट ५, मोरङबाट ९, सुनसरीबाट २५, धनकुटाबाट १, ते¥हथुमबाट २, संखुवासभाबाट १, भोजपुरबाट २, सोलुखुम्बुबाट ५, ओखलढुङ्गाबाट २, उदयपुरबाट ४ र पाँचथरबाट ३ जना शंकास्पद व्यक्तिको नमूना संकलन भएको छ ।

आहिलेसम्म कोरोना भाईरसका शंकास्पद १ सय ८८ जना विरामीले अस्पतालमा नाम दर्ता गराएका छन् । जसमा सुनसरीबाट १ सय ६९, मोरङ, झापा र सोलखम्वुुबाट ५÷५ जना र उदयपुर र पाँचथर २÷२ जनाले नाम दर्ता गराएको डा. मेहताले बताए । प्रदेश १ मा आजसम्म आईसोलेसनमा ११ जना भर्ना भएका छन् । भर्ना भएका मध्ये ६ जना पुरुष र ५ जना महिला रहेका छन् ।

सुनसरीबाट १, ओखलढुङ्गा र उदयपुरबाट २÷२ जना महिला रहेका छन् । यस्तै मोरङबाट ४ , ताप्लेजुङ र पाँचथरका १÷१ जना पुरुष रहेका छन् । डा. प्रवक्ताका अनुसार आईसोलेसनमा रहेका ४ जना डिस्चार्ज भएका छन् । प्रदेश १ का ४३ अस्पतालले ४ सय १ आईसोलेसन वेड तयारी अवस्थामा राखेको प्रवक्ता डा. मेहताले बताए । उनका अनुसार प्रदेशभरमा ३ सय ९७ वटा फिवर क्लिनिक सञ्चालनमा रहेका छन् । फिवर क्लिनिकमा आज १ हजार ९ सय ४१ जना विरामी आएको डा.
मेहताले बताए ।

आज प्रदेशका विभिन्न जिल्ला स्वास्थ्य कार्यालय, स्थानीय तह, सुरक्षा निकाय तथा अस्पतालहरुलाई व्यक्तिगत सुरक्षा सामाग्री ६ सय ७६ थान वितरण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

KVM

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५