पूर्वाञ्चल खबर
विराटनगर / मोरङको कटहरी गाउँपालिका– वडा नम्बर २ का स्थानीयले वडाध्यक्षको घरमै राहत सामाग्री पु¥याइदिएका छन् ।
लकडाउनको कारण समस्यामा परेको बेला पनि वास्ता नगरेको भन्दै आक्रोशित स्थानीयले व्यंग्यस्वरुप आज वडाअध्यक्ष किशोर पाण्डेको घरमै स्थानीय चामल, तरकारी, नुन, तेलसहितको राहत सामाग्री पु¥याईदिएका हुन् । वडाध्यक्षलाई राहतको आवश्यकता परेकोले खाद्यसामाग्री लगिदिएका भने हैनन् ।
यस अघिपनि स्थानियले कटहरी १ का वडाध्यक्ष कपुललाल माझीको घरमा बुधबार राहत सामाग्री लगिदिएका थिए । उनीहरुले संकटको बेलामा नागरिकको समस्याप्रति चासो नराखेको भन्दै वडाध्यक्षलाई नै राहत उपलब्ध गराएको स्थानिय युवा अगुवा कलिम खानले बताए ।
खानले भने लकडाउनको कारण समस्यामा परेका परिवारको लगत संकलन गरी राहत उपलब्ध गराउन सरकारले स्थानीय तहलाई भनेको छ । तर, वडाध्यक्ष पाण्डेले वास्ता नगरेकोले उनलाई नै समस्या परेको होला भनेर राहत लगिदिएको स्थानीयहरुले बताएका छन् ।
स्थानियले राहत भने वडाअध्यक्ष पाण्डेलाई हूतान्तर गरेका थिए ।