पूर्वाञ्चल खबर
विराटनगर / कोरोना भाइरसको विश्वव्यापी महामारी कारण विश्वभर मृत्यु हुनेको संख्या ४२ हजार नाघेको छ भने कोरोनाको उद्गमस्थल चीनले भने भाइरसलाई संक्रमण शून्यमा झारेको छ । चीनमा हिजो कुनैपनि नयाँ संक्रमित नभेटिनुका साथै मानिसको ज्यान समेत गएको छैन ।
मंगलबार एकैदिन ४ हजार ३ सय ३४ जनाको मृत्यु भएसँगै कोरोना भाइरसका कारण विश्वभर मृत्युहुनेको संख्या ४२ हजार १ सय ७ पुगेको हो ।
अमेरिकामा हालसम्म १ लाख ८७ हजार ३ सय ४७ जना संक्रमित हुँदा ३ हजार ८ सय ६० जनाको मृत्यु भएको छ । इटालीमा १ लाखभन्दा बढी मानिसमा संक्रमण फैलिदा १२ हजार ४ सय २८ जनाको मृत्यु भएको छ । स्पेनमा कारोना संक्रमणका कारण ८ हजार ४ सय ६४ मृत्यु भएकोे छ ।
छिमेकी देश भारतमा मृत्यु हुनेको संख्या ३५ पुगेको छ । १ सय ४६ जना नयाँ संक्रमित भेटिएका छन् ।