AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरको नेशनल ट्रेडिङ भवनमा निर्माण हुँदै गरेको आइसुलेसन अस्पताल दुई दिनमा सञ्चालनमा आउँने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ चैत्र २०७६, मंगलवार २०:०३
3
Shares
विराटनगर / प्रदेश १ को राजधानी विराटनगरमा प्रदेश सरकारले कोरोना संक्रमितको उपचार गर्न निर्माणधिन ५० शैय्याको अस्पताल सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ ।

विराटनगर १० स्थित नेशनल ट्रेडिङ लिमिटेडको खालि अवस्थामा रहेको भवनमा निर्माण हुँदै गरेको आइसुलेसन अस्पतालको निर्माणकार्य अन्तिम चरणमा पुगेको हो ।

चैत ८ गतेदेखि विराटनगरस्थित नेशनल ट्रेडिङको खाली भवनलाई अस्पतालको रुपमा विकास गर्ने कार्य थालिएकोमा अहिले अन्तिम चरणको काम भइरहेको छ । ५० शैय्या क्षमता मध्ये १० वटा बेड भेन्टिलेटरसहितको अस्पताल निर्माण कार्य तिव्रगतिमा भइरहेको र अबको २ दिन भित्र अस्पताल निर्माण कार्य सम्पन्न हुने सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए । निर्माणाधिन अवस्थामा रहेको सो अस्पताल कोरोना संक्रमित बिरामीहरुका लागि प्रदेश नम्बर १ कै नमुना अस्पताल रहेको मन्त्री घिमिरेको दावी छ ।

अस्पतालमा चिकित्सकले बिरामी कक्ष भित्र गइरहन नपर्ने सिसि टिभिबाट नै विरामीको निगरानी गर्ने र विरामीले पनि आफ्नो कुरा चिकित्सकलाई संचार माध्यमबाट नै सञ्चालीत गर्ने प्रणालीको विकास गरेको मन्त्री घिमिरले बताए ।

आजसम्ममा घर भित्रका मर्मतसम्हार, विद्युत जडान, एसी जडान, पानी लगायतका प्राविधिक पक्ष समापन गर्ने, बुधबार र बिहिबार आन्तरीक सरसफाई गरेर अस्पताल सञ्चालनमा ल्याउने मन्त्री घिमिरेको जानकारी दिए

। आइसुलेशन सहितको सुविधा रहेको उक्त अस्पतालले कोरोना प्रमाणीत भएर सिफारिस भएका बिरामीहरुको मात्रै उपचार गर्ने मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर