विराटनगर / कोरोनाको त्रासले लकडाउनमा परी नेपाली जनजीवनमा आफ्नै घरभीत्र बस्दा विपन्न वर्गका परिवारमा आउन सक्ने संकटलाई टार्न मोरङमा रहेको मानव सहयोगी हातहरु अग्रसर भएको छ ।
कटहरी गाँउपालिकाका ३ सय ३२ घर परिवारलाई खाद्यान्न वितरण गरिएको संस्थाका सचिव ताजिम अन्सारीले जानकारी दिए । मोरङ क्षेत्र नम्बर ४ का सांसद अमनलाल मोदी पहलमा र समाजसेवी देवकिशन मुन्द्राको सहयोगमा खाद्यान्न सामाग्री वितरण गरिएको पनि उनले जनकारी दिए ।
सांसद मोदीको पहलमा अति विपन्न, असहाय, पिछडिएका, अपाङ्ग र एकल परिवारलाई खाद्यान्न वितरण गरिएको हो ।
समाजको शैक्षिक, भौतिक, सांस्कृतिक विकासको लागि मात्र नभएर विपद् र विपत्तिहरुमा यस संसथाले दिल खोलेर सहयोग गर्ने गरेको सचिव अन्सारीले बताए ।
तपाईको प्रतिक्रिया