कोरोना भाइरस संक्रमणबाट युरोप भयावह बन्दै, विश्वभर करिव ३८ हजारको मुत्यु

खबर पूर्वाञ्चल, १८ चैत्र २०७६, मंगलवार ०७:४९

विराटनगर / नोवेल कोरोना भाइरसको विश्वव्यापी महामारी अहिले इटाली, स्पेन र अमेरिका इपिसेन्टर बनेर तीव्र रुपमा फैलिरहेको छ ।

विश्वभर संक्रमितको संख्या झण्डै ८ लाख पुगेको छ । अहिलेसम्म विश्वभर संक्रमितको संख्या सात लाख ८४ हजार ३८१ रहेको छ । विश्वभर हिजो एकै दिन ३ हजार ७ सय १५ जनाको मृत्यु भएसँगै मृतकको संख्या ३७ हजार ७ सय ८० पुगेको छ भने हिजो एकै दिन झण्डै ६१ हजार नयाँ संक्रमति थपिएका छन् । १ लाख ६५ हजार उपचारपछि निको भएर घर फर्किएका छन् ।

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै अमेरिकामा १९ हजार ९८८, स्पेनमा ७ हजार ८४६, जर्मनीमा ४ हजार ४५०, फ्रान्समा ४ हजार ३७६, इटालीमा ४ हजार ५० तथा इरानमा ३ हजार १८६ जनामा नयाँ संक्रमण पुष्टि भएको छ ।

इटलीमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख १ हजार ७ सय ३९ पुगेको हो । इटलीमा हिजो एकै दिन ८ सय १२ जनाको मृत्यु भएपछि त्यहाँ मृतकको संख्या ११ हजार ५ सय ९१ पुगेको छ ।

अमेरिकामा कोरोनाको संक्रमण दर तिब्र रुपमा फैलिइरहेको छ । हिजो एकै दिन झण्डै २० हजार नयाँ संक्रमित भेटिएसँगै त्यहाँ संक्रमितको संख्या १ लाख ६३ हजार ३ सय ८१ पुगेको छ । हिजो मात्रै अमेरिकामा ५ सय ६५ जनाको मृत्यु भएको छ । स्पेनमा हिजो ९ सय १३ जनाको मृत्यु भएपछि मृतकको संख्या ७ हजार ७ सय १६ पुगेको छ । त्यहाँ झण्डै ८ हजार नयाँ संक्रमित थपिएका छन् । फ्रान्समा हिजो ४ सय १८, जर्मनीमा १ सय ४, बेलायतमा १ सय ८०, इरानमा १ सय १७, नेदरल्याण्ड्समा ९३ र बेल्जियममा ८२ जनाको मृत्यु भएको छ । त्यसैगरी टर्कीमा ३७, क्यानडामा २४, पोर्चुगलमा २१, ब्राजिलमा २७ र स्वीडेनमा ३६ जनाको ज्यान गएको छ ।

भारतमा हिजोमात्रै ५ जनाको मृत्यु भएपछि त्यहाँ मृतकको संख्या ३२ पुगेको छ । थप २ सय २७ नयाँ संक्रमित भेटिएपछि कूल संक्रमितको संख्या १२ सय ५१ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५