AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

लकडाउनको बेला सामाजिक दुरि कायम गर्दै कृषक चैते धान रोप्न व्यस्त

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१७ चैत्र २०७६, सोमबार १३:४५
3
Shares
कानेपोखरी/ कोरोना भाइरस (कोभिड–१९ ) जोखिम नियन्त्रणका लागि लकडाउन भइरहेका बेला मोरङको कानेपोखरी गाउँपालिकाको ग्रामिण भेगका किसान चैते धान रोप्न व्यस्त देखिएका छन् ।

कोरोना भाइरसको संक्रमणका विषयमा गाउँमा पनि जानकार रहेपनि लकडाउनको बेला यहाँका कृषक सामाजिक दुरि कायम गरि कृषी कर्ममा व्यस्त देखिएका हुन् ।

कोरोना भइरसबमाट जोगिन मास्क र करिब एक मिटरको दूरी कायम गरि खेतमा काम गरेको कानेपोखरीकी डमर कुमारी बराइलिले बताइन् । कोरोना भाइरसको संक्रमणबाट जोगिन सावधानी अपनाएर कृषि कर्ममा लागेको उनले बताइन् । यहाँका ग्रामिण महिलाहरु चैते धान रोप्न व्यस्त छन् भने पुरुष खेतमा बाउसे लगाएर धान रोप्न तयारी बनाइदिएका छन । कोही तोरी घर भित्र्याउन व्यस्त देखिएका छन् । कतैकतै घर निर्माणमा पनि मजदुरहरु जुटिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर