विराटनगर / कोरोना भाइरसको संक्रमणसंगै सरकारले लकडाउन गरे पछि भोकै परेका विराटनगरका सुकुम्बासी र दैनिक रोजगारी गरेर जीविकोपार्जन गर्ने मजदूरलाई राहत वितरण गरेका छन् ।
प्रवल मेडिकल हलका सञ्चालक सत्यम नेपाली, आकृति ड्रग हाउसका सञ्चालक महेश मण्डल र गुदरी बजार व्यवसायी संघका अध्यक्ष पशुपती भगतले विराटनगर ११ बस पार्क पछाडि रहेका ञ् सय ५० घर सुकुम्बासी र मजदूरलाई राहत वितरण गरेका हुन् ।
उनीहरुलार्इ चामल,दाल, तरकारी, नुन, सावुन जस्ता खाद्यवस्तुहरु राहत स्वरुप वितरण गरेको प्रबल मेडिकल हलका सञ्चालक नेपालीले जानकारी दिए ।
कोरोना भाइरसको संक्रमण फैलिएसंगै सरकारले लकडाउन गरे पछि मजदूरहरुले काम गर्न पाएका छैनन् । दैनिक रोजगारी गरेर छाक टार्ने मजदूहरुलाई भोकै बस्नु पर्ने अवस्था साथै भोकमरी नलागोस भनेर राहत वितरण गरेको उनले बताए ।
उनीहरुले जस्ले सक्छ सक्ने जतिले आफ्नो ठाँउबाट सहयोग गर्न सवैलाई आग्रह समेत गरेका छन् । देशमा संकट परेको वेलामा कोही पनि भोकै नमरुन भन्ने उदे्श्यले आ-आफ्नो तहबाट सहयोग गरेको उनीहरु बताउँछन्।
तपाईको प्रतिक्रिया