पूर्वाञ्चल खबर
विराटनगर / विश्वव्यापी रुपमा फैलिरहेको कोरोनाभाइरस (कोभिड–१९) को रोकथाम र नियन्त्रणका लागि सरकारले लकडाउन उल्लंघन गरेको ४ सय ७५ सवारी साधान मोरङ प्रहरी नियन्त्रणमा लिएको छ ।
गत मंगलबार बिहान ६ बजेदेखि देशैभर शुरु भएको लकडाउन उल्लंघन गरेर सडकमा निस्किएका सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । मोरङ प्रहरीका तथ्याङक अनुसार बुधवार देखि आजसम्म प्रहरीले जम्मा ४ सय ७५ सवारी साधन नियन्त्रमा लिएको छ ।
प्रहरीले लकडाउनको छैठौ दिन आज आईतवार सार्वजनिक गरेको तथ्याङक अनुसारा बुधबार २ सय ४८ , बिहिवार ८८ , शुक्रबार ६६ ,शनिबार ६९ र आज ४ वटा सवारीसाधन नियन्त्रणमा लिएको मोरङ प्रहरी जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्त डिएसपी मानबहादुर राईले जिल्लाका विभिन्न स्थानबाट ती सवारीसाधानलाई नियन्त्रणमा लिएको जानकारी दिए ।