कोरोनाको स्वाब परीक्षण धरानमा शुरु

खबर पूर्वाञ्चल, १६ चैत्र २०७६, आईतवार १६:३२

धरान /सुनसरीको धरानमा रहेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आजदेखि कोरोना भाइरसको स्वाब परीक्षण सुरु भएको छ ।

सङ्घीय र प्रदेश सरकारको सहयोगमा ल्याब परीक्षण सञ्चालनमा आएको हो । ल्याबको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गरेका छन् । ल्याब सञ्चालनमा आएपछि मुख्यमन्त्री राईसँगै सामाजिक विकास मन्त्री जीवन घिमिरेले निरीक्षण गरेका छन् । प्रतिष्ठानमा रहेका उपचारस्थलको निरीक्षण गरिएको हो । ल्याबसँगै हेल्प डेस्क, आइसोलेसनको पनि निरीक्षण गरिएको थियो ।

कोरोनाका बिरामीहरूलाई उपचार गरिने प्रक्रियाका बारेमा भने प्रतिष्ठानका कार्यबाहक उपकुलपति प्रा.डा. गुरुप्रसाद खनालले जानकारी गराएका थिए । ल्याबको प्रक्रियाको बारेमा भने माइक्रोबायोलोजी विभागका डा. नारायण भट्टराईले जानकारी गराएका थिए ।

कोरोनाको स्वाब परीक्षण काठमाडौंको टेकुस्थित राष्ट्रिय प्रयोगशालामा मात्रै हुँदै आएको थियो । अब भने धरानमै भए पछि प्रदेश १ तथा २ नम्बर प्रदेशका बिरामीको स्वाब परीक्षण गरेर कोरोना भए नभएको जानकारी दिन सक्ने छ ।

सरकारले धरान, पोखरा र नेपालगञ्जबाट पनि कोरोना परीक्षण गर्ने निर्णय गरेको भएपनि तत्काल धरानबाट मात्र सुरु गरेको हो । प्रतिष्ठानको माइक्रोबायोलजी युनिटले प्रतिष्ठानकै आइसोलेसनमा भर्ना भएका तीन जना बिरामीको स्वाब संकलन गरेर परीक्षण थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

arniko
pabson Brt

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५