AArya
RUMPUM
animated ellipse animated ellipse

विश्वमा कोरोना कहर : मृत्यु हुनेको संख्या ३१ हजार नजिक, एकै दिन ३५ सय भन्दा बढीको मृत्यु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ चैत्र २०७६, आईतवार ०८:४८
3
Shares
विराटनगर / चीनको वुहान सहरबाट विश्वभर महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणबाट अहिलेसम्म विश्वका विभिन्न देशमा गरी ३० हजार ८ सय ६५ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा विश्वभर ज्यान गुमाउनेको संख्या ३५ सय ७ जना रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । सबै भन्दा धेरै इटालीमा एकै दिन ८ सय ८९ जनाको मृत्यु हुँदा इटालीमा मृत्यु हुनेको संख्या १० हजार २३ पुगेको छ ।
स्पेनमा एकै दिन ८ सय ४४ जना मृतक थपिँदा ५ हजार ९ सय ८२ जनाले ज्यान गुमाएका छन् ।

अमेरिकामा भने एकै दिन ५ सय १५ थपिएर मृतकको संख्या २ हजा् २ सय २१ पुगेको छ । अमेरिकामा संक्रमितको संख्या १ लाख २३ हजार ५ सय ८७ पुगेको छ ।
विश्वभर ६ लाख ६३ हजार २ सय ४८ जनालाई कोरोना संक्रमण भइसकेको छ भने १ लाख ४१ हजार ९ सय ५३ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

नेपालमा भने ५ जना संक्रमिक भएकोमा १ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने छिमेकी मुलुक भारतमा ९ सय ८७ जना संक्रमिक भएकोमा २४ जनाको मुत्यसु भएको छ भने ८४ जना उपचारपछि निको भएर घर फर्किएका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर