विराटनगर / चीनको वुहान सहरबाट विश्वभर महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरस (कोभिड–१९)संक्रमणबाट भारतमा मृत्यु हुनेको संख्या २१ पुगेको हो ।
अहिलेसम्म भारतको महाराष्ट्रमा पाँच, गुजरातमा तीन, कर्नाटकमा दुई, मध्यप्रदेशमा दुई जनाको मृत्यु भएको छ । त्यस्तै तमिल नाडू, राजेस्थान, विहार, पन्जाब, दिल्ली, वेष्ट बेंगाल, जम्मु र कश्मिर र हिमाञ्चल प्रदेशमा एक–एक जनाको मृत्यु भएको हो । केरलामा अहिलेसम्म एक जनाको मात्रै मृत्यु भए पनि १ सय ७६ संक्रमित बिरामीहरू रहेका छन् जसमध्ये ११ जना विदेशी नागरिक समेत रहेका छन् ।
गएको २४ घण्टामा भारतमा एक सय ४९ नयाँ संक्रमित बिरामी थपिएका छन् । त्यहाँ अहिले कोरोनाभाइरस संक्रमित विरामीको संख्या ९ सय २ जना पुगिसकेको छन् भने ८३ जना निको भएर घर फर्किएका छन् ।
तपाईको प्रतिक्रिया