विराटनगर /अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना प्रभावित भएपछि ठूलो इतिहासमै सबैभन्दा ठूलो आर्थिक राहत प्याकेज घोषणा गरेका छन् ।
कोरोना भाइरसले थलिएको अर्थतन्त्र सुधारका लागि ट्रम्पले १ दशमलव ७ ट्रिलियन डलरको राहत प्याकेज घोषणा गरेका हुन् ।
विश्वव्यापी महामारी निम्ताएको कोरोना (कोभिड(१९) भाइरसका कारण अर्थतन्त्र र जनजीवन तहसनहस हुन लागेपछि राष्ट्रपति ट्रम्पले २६ नील ४० खर्ब नेपाली रूपैयाँ (२.२ ट्रिलियन अमेरिकी डलर) बराबरको आर्थिक प्याकेज ल्याएका हुन् । अमेरिकी हाउस अफ रिप्रिजेन्टेटिभका सदस्यहरूले ट्रम्पद्वारा प्रस्तावित सो राहत प्याकेजसम्बन्धी विद्येयकलाई पारित गरिसकेका छन् ।
कोभिड १९ बाट अमेरिकामा सर्वाधिक एक लाख बढी संक्रमित भइसकेका छन भने एक हजार ६ सय ९३ जनाको मृत्यु भइसकेको छ । अमेरिकाका सबै ५० राज्यमा कोरोना संक्रमण फैलिएको छ भने अर्थ व्यवसाय प्रभावित भइरहेको छ । पछिल्लो एक सातामा झण्डै ३३ लाख अमेरिकी बेरोजगार भएका छन् र उनीहरुले भत्ताका लागि सरकारलाई आवेदन दिएका छन् ।
राहात सम्वन्धी विधेयक पारित भएपछि राष्ट्रपति ट्रम्पले भने ‘यो आपत्कालीन प्याकेजले अमेरिकी परिवार, कामदार एवम व्यबसायलाई तत्काल राहत हुनेछ ।’ अब वार्षिक कूल ७५ हजार अमेरिकी डलर कमाउने मानिसलाई सरकारले सोझै १२ सय डलर दिनेछ । १ लाख ५० हजार डलरभन्दा बढी कमाउने गरेका विवाहित व्यक्तिले २४ सय डलर पाउनेछन् । बच्चाका लागि थप पाँचसय डलर दिइनेछ ।
तपाईको प्रतिक्रिया