कोरोनाबाट विश्वभर २७ हजार ३ सय ९४ को मृत्यु, अमेरिकामा सवै भन्दा वढि संक्रमित, संक्रमितको संख्या एक लाख नाघ्यो

खबर पूर्वाञ्चल, १५ चैत्र २०७६, शनिबार ०७:४१

विराटनगर /चीनको वुहान सहरबाट विश्वभर महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणबाट आजसम्म विश्वका विभिन्न देशमा गरी २७ हजार ३ सय ९४ जनाको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे पछिल्लो विवरणअनुसार संंंसारभर ५ लाख ९६ हजार २१ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । सङ्क्रमित व्यक्तिहरुमा १ लाख ३३ हजार ७५ जना उपचारपछि घर फर्किएका छन् ।
कोरोना भाइरसको नयाँ इपिसेन्टर अमेरिका बनेको छ । वुहानपछि इटाली हुँदै अमेरिका नयाँ इपिसेन्टर बनेको हो ।
शुक्रबार एकै दिन विश्प भर ६२ हजार भन्दा बढी कोरोना भाइरस संक्रमित भेटिएका छन् ।

अमेरिकामा पछिल्लो २४ घण्टामा १८ हजार ३ सय बढी कोरोना संक्रमित भेटिएका छन् । तिब्रगतिमा फैलिएको संक्रमण १ लाख ३ हजार ७ सय ९८ बढी पुगेको छ । अमेरिकामा १ हजार ६ सय ९३ जनाको मृत्यु भइसकेको छ । यो विश्वको सबैभन्दा धेरै संख्या हो । अमेरिकामा हालसम्म ६ लाख ८५ हजार मानिसमा कोरोना परीक्षण गरिएको गरिको छ ।

इटलीमा अहिलेसम्म ८६ हजार ४ सय ९८ जनामा संक्रमित भेटिएका छन् । १० हजार ९ सय ५० उपचारपछि निको भएर घर फर्किएका छा भने ९ हजार १ सय ३४ जनाको ज्यान गएको छ । इटलीमा कोरोना संक्रमित १ सय २ वर्षीया महिला उपचारपछि निको भएकी छिन् । उत्तरी जेनोआ सहरकी ती महिला २० दिन अस्पतालमा बसेर उपचार गराएपछि निको भएकी हुन् । उनले हिजो १ सय २ वर्षको जन्मदिन मनाएकी छिन् ।

चीनमा भने ८१ हजार ३ सय ९४ संक्रमित भेटिएकामा झण्डै ७५ हजार उपचारपछि निको भएर घर फर्किएका छन् । ३ हजार २ सय ९४ जनाको मृत्यु भएको छ ।

कोरोना भाइरसको सङ्क्रमणको कारण स्पेनमा ५ हजार १ सय ३८ जनाको मृत्यु भएको छ । हाल ६५ हजार ६ सय १९ जना सङक्रमित रहेका छन् । ९ हजार ३ सय ५७ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
नेपालमा भने ४ जना संक्रमिक भएकोमा १ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५