तस्करीमा संलग्न वडा सदस्यको बचाउ गरेका रतुवामाईका मेयरले अत्यावसकीय सेनिटाइजर गरे कब्जा

खबर पूर्वाञ्चल, १४ चैत्र २०७६, शुक्रबार २१:४१

विराटनगर / कोरोना (कोभिड–१९) संक्रमणको त्रासका बेला अत्यावसकीय वस्तु मानिएको सेनिटाइजर रतुवामाई नगरपालिकाका मेयर रवीन राईले ‘गुण्डागर्दी’ शैलीमा कब्जा गरेको पाइएको छ ।

मोरङको रतुवामाईका युवा निलम खड्काले काठमाडौंदेखि सवै प्रकृया पुरा गरेर विक्रिका लागि ल्याएको १ हजार ५० थान सेनिटाइजर मेयर राईले गुण्डागर्दी शैलीमा कब्जा गरेको पाइएको हो ।

सवै कानुनी प्रकृया पुरा गरेर बिल भरपाईसहित विक्रिका लागि ल्याउँदै गरेको उक्त परिणामको सेनिटाईजर मेयर राईले एक्कासि कब्जा गरेको खड्काले बताए । उनले काठमाडौंदेखि १५ सय थान सेनिटाइजर ल्याइएकोमा इटहरी, उर्लाबारी रतुवामाईको सोमबारेसम्म अरु विक्रि गरिएपनी बाँकी रहेको १ हजार ५० थान मेयर राईले जबरजस्ती कब्जा गरेको आरोप लगाए । खड्काले बाटोमा पर्ने अन्य कुनैपनि स्थानिय तहले रोकटोक नगरेपनी मेयर राईले कब्जा गरेको प्रती आपत्ति प्रकट गरेका छन् ।

‘लक डाउन’ मा अहोरात्र खट्ने प्रहरीलाई सेनिटाइजर अत्यावश्यक रहेकाले इलाका प्रहरी कार्यालय सिजुवाकै आग्रहमा निशुल्क सेनिटाईजर वितरण गर्न गएकोबेला केही युवाहरुसहित पुगेका मेयर राईले सवै सेनिटाईजर कब्जा गरेको आरोप लगाए । ‘यतिबेला बजारमा सेनिटाइजरको अभाव छ । त्यसैले विभिन्न स्थानमा अभाप पूर्ती गर्न इनरुवा, उर्लाबारी, सोमबारेलगायतका ठाउँमा दिँदै आएका हौँ । यताबाट डायनियाँ, रंगेलीमा लाँदै थियौँ । प्रहरीकै आग्रहमा इलाका प्रहरी सिजुवालाई सेनिटाइजर सहयो स्वरुप दिन गएका थियौँ ।’ उनले भने,‘तर, एक्कासी २÷४ जना केटाहरुसहित आएर जबरजस्ती कब्जा गरियो ।’

रतुवामाई जेसिसका अध्यक्षसमेत रहेका खड्का समाजसेवी समेत हुन् । उनले केही दिन अघि युवा संघको सहकार्यमा रतुवामाईका विभिन्न स्थानमा सेनिटाईजर तथा पानी ट्यांकी उपलब्ध गराएको र आफु नेकपा कार्यकर्ता नरहेपनी सोही रिसमा मेयर राईले जबरजस्ती कब्जा गरेको दावी गरे । ‘म जेसिस अध्यक्ष समेत हुँ । युवा संघसँग म आवद्ध छुइन । संकटको बेला सवैले आफ्नो ठाउँबाट सकेको सहयोग गर्नुपर्छ ।’ उनले भने,‘मैले पनि त्यहि सहयोग गरेको हुँ । मेरो कुनै राजनितिक स्वार्थ छैन । मेयरसावहरुले फरक राजनितिक दलको भन्ने आशंकाले होला सवै सेनिटाइजर कब्जा गरेर प्रहरीलाई बुझाइदिनुभयो ।’

उनले आफुले कुनैपनि गलत काम नगरेको दावी गर्दै अभावका बेला अत्यावश्यक मानिएको सेनिटाइजर सहज र सर्वसुलभ र सस्तो मुल्यमा विक्रि गर्न नगरपालिकालेनै लगाउनुपर्नेमा उल्टै कब्जा गर्नुले आफु अन्यायमा परेको गुनासो गरे । खड्कासँग सवारी पास समेत रहेको पाइएको छ ।

इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी निरिक्षक मोहन रायमाझिले प्रहरीले सेनिटाइजर नियन्त्रणमा नलिएको जानकारी दिए । ‘हामी पनि मानव हौ । जोअिखमका बेला हामीलाई कसैले सेनिटाइर दिन्छ भने त्यो हाम्रा लागि खुशिको कुरा हो ।’ उनले भने,‘ सेनिटाइजर अत्यावश्यक वस्तु हो । सवै चिज भएपछी हामीले नियन्त्रणमा लिने कुरा आउँदै आउँदैन । हामीले पक्रिएका छैनौँ ।’
प्रहरीले सवै प्रकृया पु्रा गरि ल्याएको सेनिटाइजर नियन्त्रणमा लिन नमानेपछी मेयर आफैले नगरपालिका लगेका श्रोतले जनाएको छ । यता मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले पनि सेनिटाइजर अत्यावस्यक वस्तु भएको बताए ।

रतुवामाई नगरपालिकाका मेयर राईले रतुवामाई नगरपालिकासँग कुनैपनि अुनुमति नलिइ र समन्वयनै नगरि सेनिटाइजर वितरण गर्ने चाल पाएपछी नियन्त्रणमा लिएको स्वीकार गरे । उनले विभिन्न संघ संस्था तथा व्यक्तिहरुले कोरोना त्रासका नाममा सस्तो लोकप्रीयता कमाएर राजनिति गर्न खोजेकाले नियन्त्रणमा लिएको दावी गरे । ‘पहिलो कुरा त सम्बन्धीत व्यक्तिले लकडाउन उल्लंघन गरेको पाइएको छ । कोरोना संक्रमणको यत्रो त्रासमा हामी रात दिन खटि रहेका छौँ ।’ उनले भने,‘हामीले नबाड्न भनेकै होइनौँ । मनखुशी गरेर अति आवश्यकता परेको ठाउँमा नदिएर अन्यत्रै दिएर फेसबुकमा फोटो हाल्ने र राजनिति गर्ने क्रम बढेकाले यस्तो हुन नदिन नियन्त्रणमा लिएर नगरपालिकामा राखेका हौँ ।

मेयर राईले नगरपालिकासँग समन्वयनै नगरि कुनै पनि व्यक्ति र संघ संस्थाले कुनैपनि सहयाृेग बाँड्न नपाउने दावी गर्दै नियन्त्रणमा रहेको सेनिटाइजरका विषयमा आइतबार टुंगो लाग्ने बताए ।

नेपाली कांग्रेसबाट निर्वाचित मेयर राईले आफ्ना पार्टी निकट रहेकाको गलत काममा पनि बचाउ गर्ने र अन्य दलका सहि काममा समेत हस्तक्षेप गर्ने गरेको ति दलका स्थानीय नेताहरुले सर्वजनिक कार्यक्रममै आरोप लगाउँदै आएका छन् ।

केही दिन अघि मात्र नेपाली कांग्रेसबाट निर्वाचित रतुवामाई नगरपालिका–१ का वडा सदस्यमा मो. सदिर मियाँ तस्करीमा संलग्न भेटिएको थियो । मियाँले अवैधरुपमा भारतबाट ल्याएर आफ्नो ट्याक्टरमा धानको बोराले छोपेर चिनि तस्करी गरेको फेला परेको थियो । तस्करीको खुलासापछी वडा सदस्य मियाँ फरार रहेका थिए । रतुवामाईको नगरसभामा सुटुक्क सहभागि भएका मियाँलाई पक्राउ गर्न खोज्दा मेयर राइले बचाउ गर्दै भाग्न सहयोग गरेको श्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५