विराटनगर / विश्वब्यापी महामारीको रुपमा रहेकोकोरोना भाइरसलाई मध्य नजर गर्दै मोरङ्ग जिल्लाको जहदा गाउँपालिकाका अध्यक्ष कैलाशप्रसाद मण्डलले क्वारेन्टाईन कक्ष सञ्चालन ल्याएका छन् ।
हाम्रो जहदा गाउँपालिका वार्ड न. ५,लक्ष्मिनिया बजार मा रहेको श्रीदुर्गा माविमा १० बेडको क्वारेन्टाईन कक्ष सञ्चालनमा ल्याएका हुन् ।
जहदा गाउँपालिका अध्यक्ष मण्डलले उक्त बेड सेट गरे । जहदा स्वस्थ्य शाखा अधिकृत राजकुमार दास,मझारे स्वस्थ्य प्रमुख रिपु डोटेल,लक्ष्मिनिया युवा क्लबका अध्यक्ष नितेशकुमार साहलगायतको पुरै टिमले उक्त क्वारेन्टाइन बनाउन सहयोग गरेका थिए ।
तपाईको प्रतिक्रिया