विराटनगर / विश्वभर महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणबाट दक्षिण एसियाली राष्ट्रहरूमा २ हजार १ सय ९० रहेकोमा ३८ जनाको मुत्यु भएको छ ।
भारतमा कोरोनाको कारण एकैदिन ८ जनाको मृत्यु भएसँगै सबैभन्दा बढी २० जनाको ज्यान गएको छ । भारतमा अहिलेसम्म ७२७ जनामा संक्रमण देखिएको छ ।
यसैगरि पाकिस्तानमा ९ जनाको ज्यान गएको छ भने दक्षिण एसियाली मुलुकहरूमध्येमै सबैभन्दा धेरे संक्रमित भेटिएको पाकिस्तानमा कोरोनाबाट अहिलेसम्म १२०१ जना संक्रमित भएका छन् ।
बंगलादेश मानवीय क्षतिको संख्या गणनाका हिसाबले तेस्रो स्थानमा छ । बंगलादेशमा कोरोना संक्रमित पाँच जनाले ज्यान गुमाएका छन भने ४४ जना संक्रमित भेटिएका छन् । अफगानिस्तानमा भने चार जनाले ज्यान गुमाएका छन भने ९४ जना संक्रमित भटिएको छ । श्रीलङ्का, माल्दिभ्स, भुटान र नेपालमा हालसम्म कोरोना संक्रमणका कारण मानवीय हताहती भएको भेटिएका छैन् ।
अहिलेसम्म श्रीलङ्कामा १ सय ६, माल्दिभ्समा १३, नेपालमा ३ र भुटानमा २ जना संक्रमित भेटिएका छन् । भारतमा अहिलेसम्म भेटिएका कोरोना संक्रमितमध्ये ४५ जनाको उपचार भइसकेको छ ।
पाकिस्तानमा २१, बंगलादेशमा ११, अफगानिस्तानमा २, श्रीलङ्कामा ७, माल्दिभ्समा ८ जनाको उपचार भइसकेको छ ।
नेपालमा हालसम्म भेटिएका ३ संक्रमितमध्ये १ जनाको उपचार भइ घर फर्केका छन् भने २ जना उपचाररत रहेका छन् । भुटानमा भेटिएका दुवै संक्रमित अहिलेसम्म निको हुन सकेका छैनन् ।
तपाईको प्रतिक्रिया