समाजसेवी साहद्वारा मास्कसहित साबुन वितरण

खबर पूर्वाञ्चल, ११ चैत्र २०७६, मंगलवार १८:४४

विराटनगर । नेपाली कांग्रेसका युवा नेता तथा समाजसेवी मनोज साहले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि सुनसरीको कोशी गाउँपालिकाका सबै वडालाई स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेका छन् ।

कोशी गाउँपालिकाका ८ वटै वडा र लौहकी प्रहरी चौकीलाई मास्क, साबुन र पानी ट्यांकी हस्तान्तरण गरेका हुन् । पिहु एण्ड राज कन्ट्रक्सन प्रालिका प्रबन्धकसमेत रहेका साह र प्रमोद साहले सुनसरीको कोशी गाउँपालिकाको विभिन्न वडामा पुगेर १२–१२ सय मास्क र साबुन हस्तान्तरण गरे ।

त्यस्तै हरेक वडालाई हात धुनका लागि एक–एक वडा पानीट्यांकीसमेत वितरण गरेको साहले बताए । साहले गाउँपालिकाका विपन्न, दलित र मुसहर वस्तीमा पुगेर मास्कसहित साबुन वितरण गरेका थिए । उनले पानीट्यांकी र केही मास्क र साबुन भने वडा नम्बर १ का अध्यक्ष राजकुमार साहलाई हस्तान्तरण गरे ।

राज्यलाई समस्या पर्दा सहयोग गर्नु हरेक नागरिकको कर्तव्य भएकाले थोरै भए पनि सहयोग गरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५