विराटनगर / मोरङ र सुनसरीमा पानीमा डुबेर १ नावालकसहित २ जनाको मृत्यु भएको छ ।
मोरङको बेलवारी नगरपालिका २ का २२ बर्षीय मित्र याक्खा लोहन्द्रा खोलामा पौडी खेल्न गएकोमा पानीमा डुबेर मृत्यु भएको छ ।
आज दिउँसो साँढे ३ बजे पानीमा डुबेर अचेत अबस्थामा फेला परेका याक्खालाई तत्काल उद्धार गरी उपचारको लागी मंगलवारे अस्पताल पठाईएकोमा उपचारको क्रममा सवा ४ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको मोरङ प्रहरीले जनाएको छ ।
त्यसैगरि सुनसरीको हरिनगरा गाँउपालिका ३ का कृपानन्द मेहेताको २ बर्षीय छोरा शिवराज मेहेताको आफ्नै घर अगाडी रहेको पानीको खाल्डोमा डुबेर मृत्यु भएको छ ।
आज बिहान साढे १० बजे बालक पानीमा डुबेर मृत फेला परेका थिए भने घटनाको जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी टोली खटि गई अनुसन्धान कार्य भईरहेको सुनसरी प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया