विराटनगर /कैलालीको टिकापुर नगरपालिका १० जना विराटनगर वसपार्कमा अलपत्र परेका छन् ।
सरकारले फैलिँदै गएको कोरोना भाईरसको सङक्रमणलाई मध्यनजर गर्दै आजदेखि चैत्र १८ गतेसम्म लकडाउनको घोषणा गरे पछि अत्यावश्यक सेवा क्षेत्रहरु मात्रै सञ्चालनमा रहने भएकोले यातायाका साधन ठप्प भए पछि उनीहरु विराटनगर बसपार्कमा अलपत्र परेका हुन् ।
यसरी अलपत्र पर्नेहरुमा कैलाली टिकापुरका ६० वर्षीय बलबिरे कामी, ३६ वर्षीय गोपाल परियार, ४५ खडकबहादुर नेपाली, ४० वर्षीय पदमबहादुर कामी, २४ वर्षीय रामबहादुर विक, ३३ वर्षीय लालबहादुर विक, डोरबहादुर विक र नरेश परियार रहेका छन् । त्यस्तै सुर्खेतका २५ वर्षीय उमेश ढकाल पनि विराटनगरको बसपार्कमा अलपत्र परेका छन् । उनीहरु १ महिनाअघि सेक्युरिटी गार्डको जागिरको शिलशिलामा भारतको बिहार राज्य पूर्णिया गएका थिए । तर, १ महिना काम गरेर ज्याला नपाएपछि कोरोनाको हल्ला फैलिएसँग उनीहरु जोगबनी हुँदै सोमबार बेलुका मात्रै विराटनगर फर्किएका थिए ।
भारतमा कोरोनाको त्रास फैलँदै जाँदा उनीहरु जोगबनी नाका हुँदै फर्किए । सोमबार बिहान जोगबनी नाका आइपुगेका उनीहरुलाई प्रहरीले नेपाल प्रवेश गर्न दिएन । त्यहाँ झडपकै अवस्था आयो । तर निक्कै रस्साकस्सीपछि उनीहरु नेपाल छिर्न पाए ।
नेपाल फर्किए लगत्तै कैलाली जाने सोच बनाएका उनीहरुले बसपार्क आउँदा कुनै सवारीसाधन पाएनन् । उनीहरु त्यहीँ नजिकै रहेको एक होटलमा बसे । तर होटलले आज बिहानै राख्न नसक्ने भनेर निकालि दिएपछि उनीहरु बसपार्कको अगाडि भौतारिँदै थिए । भारतको पटनामा कोरोनाको कारण एक जनाको ज्यान गएको थाहा पाएपछि समस्या आउने डरले आफुहरु त्यहाँबाट पैसा नै नलिइ रित्तो हात फर्किनु परेको रामबहादुरले बताए ।
उनीहरुले महानगरपालिका तथा जिल्ला प्रशासन कार्यलयमा गएर आफ्नो ब्याथा सुनाउँदा महानगरले कैलालीसम्म पुग्ने तेल दिन्छु गाडि नदिने भनेर फकाएको रामबहादुरले दुखेसो पोखे । यो अन्जान सशरमा हामीलाई कस्ले गाडि दिन्छ र महानगरको तेल हालेर घर पुग्नु उनीहरु सवैले एकै स्वरमा भने । यता जिल्ला प्रशासनले चै न तेल दिने भन्यो न गाडी दिने भन्यो बस्ने र खानाको व्यवस्था गर्ने भनेर फर्कायो रामबहादुरले बताए ।
तपाईको प्रतिक्रिया