कोराना प्रति उच्च सर्तकता अपनाउन प्रदेशका अस्पतालमा आकस्मिक र फिवर कक्ष वाहेक सम्पूर्ण सेवा बन्द

खबर पूर्वाञ्चल, १० चैत्र २०७६, सोमबार २०:५९

विराटनगर / कोरोना (कोभिड–१९) प्रति उच्च सर्तकता अपनाउन अस्पतालमा आकस्मिक र फिवर बाहेकका सम्पूर्ण सेवाहरु भोलीदेखि स्थगित गर्ने प्रदेश १ को सरकारले निर्णय गरेको छ ।

आज मनत्रालयमा सामाजिक विकास मन्त्रालयले आयोजित ‘प्रदेशको तयारी’ सम्वन्धमा पत्रकार सम्मेलनमा विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाको रोकथामका लागि ध्यान केन्द्रित गर्न उक्त निर्णय गरेको जानकारी दिएको हो ।

प्रदेशका विभिन्न अस्पतालमा अहिले १ सय १५ शैय्याको आइशोलेन वार्ड तयार रहेको र तेह्रथुम, संखुवासभा र ओखलढुङ्गामा निर्माणाधिन अवस्थामा रहेको छ । यसैगरी मोरङको टाँडी र उदयपुर जिल्लामा २–२ सयका क्वारेन्टाइन स्थापना र मेची नगरमा ५० शैय्याका स्थापना गरिएको जानकारी दिइएको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोभिड–१९को परीक्षणको प्रयोगशाला चाँडै निर्माण गरिने भएको छ । यसैगरी प्रदेश मार्गदर्शन निर्देशनमाा सङ्कास्पद तथा स्वस्थ्य व्यक्तिलाई क्वारेन्टाइनमा राखिने छ भने त्यसको व्यवस्था स्थानीय तह, नेपाली सेना र अन्तरिक मामिला तथा कानून मन्त्रालयको समन्वय गर्ने उल्लेख गरिएको छ ।

यसैगरी क्वारेन्टाइनमा दुई वटा एम्वुलेन्स तयार अवस्थामा राखिने भएको छ भने कोभिडको चिन्ह देखिएमा विशेष एम्वुलेन्समार्फत तोकिएको अस्पतालमा उपचारका लागि पठाइने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

मार्गदर्शनमा अस्पतालले कम्तिमा पाँच वटा आइशोलेन वेड राख्नु पर्ने,ल्यावको कर्मचारीले रोगीको नमूना संकलन गरी जिल्ला प्रहरी कार्यालयसंगको समन्वलय गरी तोकिएको स्थानमा पठाउने व्ययवस्था गर्ने,पहिलो रिपोर्टमा नेगेटिभ देखिएमा घरको क्वारेन्टाइनमा पठाउने र तोकिएको नजिकको स्वास्थ्य संस्थामा आफ्नो स्वास्थ्यको वारेमा नियमित रुपमा सूचना दिने उल्लेख गरिएको छ । यसैगरी प्रत्येक अस्पतालले एक जना मेडिकल अधिकृत कोभिड–१९को सम्पर्क व्यक्तिको नाम र सम्पर्क नम्वर सार्वजनिक गर्ने र एक सय शैय्या भन्दा माथिको अस्पतालले कम्तीमा तीन जना सम्पर्क व्यक्ति तोक्नु पर्ने उल्लेख गरिएको छ ।

सामाजिक विकासमन्त्री जीवन घिमिरेले कोभिड–१९ को नयाँ विरामी देखा परेसँगै थप चुनौती थपिएको बताउदै रोकथाम तथा संकास्पद विरामीको उपचारका लागि विभिन्न जिल्लामा आइशोलसन वार्ड तैयारी अवस्थामा रहेको जानकारी दिए । उनले कोभिड हामीसँग छैन ,त्यो लिन नजान आग्रह गर्दै यसप्रति सर्तकता अपनाएमा आफू र आफ्नो परिवारको सुरक्षा गर्न सकिने बताए ।
मन्त्री घिमिरेले घरमा सुरक्षितसंग रहन तथा आवश्यक काम विना वाहिर नहिड्न समेत आग्रह गरे । सो अवसरमा मन्त्रालयका डा. सुरेश मेहताले कोभिडको लक्षणहरुवारे जानकारी दिए । यसैगरी मन्त्रालयले सञ्चारमाध्यमलाई सकारात्मक सन्देशसहित सहि सूचना प्रवाह गर्न आग्रह गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५