सुरक्षीत तरिकाले घरमै बस्न मोरङ कांग्रेसको आग्रह

खबर पूर्वाञ्चल, १० चैत्र २०७६, सोमबार २०:३०

विराटनगर / नेपाली कांग्रेस मोरङले कोराना भाईरसबाट सबै सर्वसाधारणलाई सचेत गराउने अभियान सुरु गरेको छ ।

मोरङका ६ वटै क्षेत्रका कांग्रेस जिल्ला सदस्यहरु, स्थायी , आमन्त्रीत एव्म सल्लाहाकारहरुको सुझावका आधारमा मोरङका जनतालाई सचेत गराउन काग्रेस लागी परेको हो ।

मोरङ काग्रेसका सभापती डिगबहादुर लिम्बुका अनुसार प्रचार प्रसारलाई व्यापक बनाउने ,मास्क , सेनिटाजर,गाउँ टोलमाबितरण गर्ने , आम जनताले उपभोग गर्ने खाधान्न सामग्री तथा त्यसमा हुन सक्ने कालोबजारीलाई अनुगमन गर्न स्थानीय प्रशानलाई अनुरोध गर्ने ,खुला बोर्डरले मानिस आवत–जावतका कारण भाईरस भित्रिन सक्ने भएकाले सिमानाकामा कडाई गर्न सरकारको ध्यानआकर्षण गर्ने , लामो दुरिका यातायातका बन्द हुँदा जनतालाई पर्न सक्ने समस्याको उचित व्यवस्थाप नगर्न सरकारलाई अनुरोध गर्ने ,फोन सम्पर्क मार्फत जिल्ला , क्षेत्र, बुथ , तथा टोलका नेताहरुले पहुँचले भ्याएसम्मफोन गरेर सबैलाई सचेत गराउने बताईएको छ ।

केहि समयका लागी अति आवश्यकबाहेकका अन्य कार्यहरु बन्द गनु पर्ने अवस्था आएकाले दैनिक ज्याला मजदुरी गरेर जिवीका चलाउदै आएका सर्वसाधारणलाई सरकारका तर्फबाट आवाश्यक प्रवन्ध गर्न माग गरिएको मोरंङ काग्रेसका सचिव मोदराज घिमिरेले बताए । कोरोनाबाट आफु पनि बचौ र अरुलाई पनि बचाऔ भन्ने विचारकासाथ काग्रेसले गाँउ , सहर , बजारमा सचेतना अवलम्बन गर्न आह्वान गरिएको कांग्रेस मोरङका सचिव घिमिरेको भनाई छ ।

सामाजिक संञ्जाल तथा अनलाईका माध्यामबाट भ्रम फैलीने खालका सामाचार भन्दा पनि सचेत र सुरक्षीत हुने खालका समाचार संम्प्रेसण गर्न कांग्रेसले आग्रह गरेको सभापती लिम्बुले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

KVM

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५