प्रदेशका जनताको स्वास्थ्यको जिम्मेवारी सरकारले लिन्छ : मुख्यमन्त्री राई

खबर पूर्वाञ्चल, ९ चैत्र २०७६, आईतवार २२:१७

विराटनगर / प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मोरङको टाँडीमा निर्माण भएको क्वारेन्टाईनको स्थलगत निरीक्षण गगरेका छन् । आज क्वारेन्टाईन स्थल पुगेर मुख्यमन्त्री राईले क्वारेन्टाईनको निरीक्षण गरेका हुन् ।

प्रदेश सरकार र नेपाली सेनाको सहकार्यमा टाँडीमा दुई सय वेडको क्वारेन्टाईन केही दिन अगाडि निर्माण भएको थियो । क्वारेन्टाईनस्थलको निरीक्षण गर्दै मुख्यमन्त्री राईले प्रदेशका जनताको सुरक्षामा प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने बताए । मुख्यमन्त्री राईले प्रदेशबासी जनताको स्वास्थ्यको जिम्मेवारी प्रदेश सरकारले लिने बताए ।

मुख्यमन्त्री राईले कोरोना नियन्त्रण गर्न प्रदेश अन्तर्गतका भारतसँग सीमा जोडिएका साना नाकाहरु आजबाट बन्द गरेको जानकारी दिए । साथै ठूला नाकाहरुमा आवागमनमा कडाई गर्ने जानकारी दिदै त्यहाँको चेकपोष्टहरुलाई कडाई तथा प्रभावकारी बनाउने बताए । प्रदेश सरकारले कोभिड –१९ नियन्त्रणका सम्वन्धमा कार्य योजना बनाएर सार्वजनिक गरेको उनले जानकारी दिँदै यसको कार्यान्वयन तीव्र गतिमा भइरहेको बताए ।

प्रदेशमा निर्माण हुने ५० शैय्याको आइशोलेशन वार्डको निर्माण एक हप्ता भित्रमा सम्पन्न गर्न तीव्र गतिमा काम भइरहेको मुख्यमन्त्री राईले जानकारी दिए । उनले आज बसेको सुरक्षा समितिको बैठकमा विराटनगरको रानी तथा कांकरभिट्टा नाकालाई व्यवस्थित र चेकजाँचमा कडाइ गर्ने निर्णय गरिएको बताउँदै तेश्रो देशका नागरिकलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको बताए ।

प्रदेशका नागरिकलाई कोभिड–१९ को सङ्क्रमणबाट बचाउन उच्च प्राथमिकतामा राखिएको र प्रदेशका आवश्यक्ता अनुसार क्वारेन्टाइन र आइशोलन वार्ड निर्माण गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

KVM

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५