वडा कार्यालयद्धारा सेवाग्राहीलाई मास्क वितरण

खबर पूर्वाञ्चल, ९ चैत्र २०७६, आईतवार १९:४३

विराटनगर / मोरङको धनपालथान गाउँपालिका – ५ नम्बर वडा कार्यालयले सेवाग्राहीलाई स्वास्थ्य सचेता मुलक कार्यक्रम गर्दै मास्क वितरण गरेको छ ।

विश्वभरी महामारिको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट बच्न स्वास्थ्य सचेतना मुलक कार्यक्रम गर्दै सेवाग्राहीलाई आज मास्क वितरण गरेको हो ।

धनपालथान गाउँपालिका ५ का वडाअध्यक्ष गयनन्द सरदारले १ हजार थान मास्क सेवाग्राहीलाई बाढेका थिए । कोरोना भाइरसको संक्रमणबाट बच्न स्वास्थ्यकर्मीहरूबाट वडाबासीलाई स्वास्थ्य सचेतना मुलक कार्यक्रम गरि मास्क वितरण गरिएको उनले बताए । वडा कार्यालय परिसरमा सेवा लिन आउँदा सेवाग्राहीहरूले अनिवार्य रूपमा सावुन पानीले हात धोएर सेवा लिनको लागि कार्यलय भित्र पस्ने नियम बनाएको वडाअध्यक्ष सरदारले बताए ।

‘वडा कार्यालयबाट सेवा लिन आउने सेवाग्राहीले अनिवार्य सावुन पानीले हात धोएर कार्यालय भित्र पस्न पाउने नियम लागू भएको छ,’ उनले भने, ‘कार्यालयको मुख्य गेटमा हात धुने दुई वटा धारा र साबुन हुन्छ । यहाँ आएर सेवाग्राहीले हात धोएपछि आफुले चाहेको सेवा वडा कार्यालयबाट दिइनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

arniko
kantipur
pabson Brt
GREDED
siddharth
brithfutur
PABSON MORANG

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५