पूर्वाञ्चल खबर
विराटनगर / भारतमा आज जनता कर्फ्यू लागेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विहिबार जनतालाई सम्वोधन गर्दै आज विहान ७ बजेदेखि राती ९ बजेसम्म जनता कर्फ्यू घोषणा गरेका थिए । उनले जनता कर्फ्यूमा कोही पनि नागरिक घर बाहिर ननिस्कन समेत आग्रह गरेका थिए ।
प्रधानमन्त्री मोदीले कोरोना भाइरसको महामारी रोक्न जनता कर्फ्यूलाई सफल पार्न सवैलाई आह्वान गरेका छन् । जनता कर्फ्यूको दिन साँझ ५ बजे घरको ढोकामा उभिएर ५ मिनेट सवै जनताले ताली, थाल र घण्टी बजाएर नागरिकको हौसला बढाउन समेत आग्रह गरेका छन् ।
भारतमा अत्यावश्यक कामबाहेकको अवस्थामा घर बाहिर ननिस्कन प्रधानमन्त्री मोदीले जनतासँग आग्रह गरेका छन् । भारतमा चल्ने सवै रेल, हवाइ जहाज र सार्वजनिक यातायात आज मध्यराती १२ बजेदेखि राती १० बजेसम्म बन्द रहेको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।