AArya
RUMPUM
animated ellipse animated ellipse

कोरोना रोकथामका लागि आफ्नो घर सरकारलाई निशुल्क उपलव्ध गराउने मोरङका युवराज पौडेल

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

८ चैत्र २०७६, शनिबार २०:५६
3
Shares
विराटचौक / विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण हालसम्म नेपालमा नभित्रिए पनि सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपाल आर्मी र प्रदेश १ सरकारले पूर्वका विभिन्न तीन स्थानमा क्यारेन्टाइन स्थापना गरेको छ ।

सोहि कार्यलाई सहयो गर्ने उदेश्यले मोरङ सुन्दरहरैचाका युवराज पौडे्लले आफ्नो भर्खरै निमार्ण सम्मन्न हुन लागेको ५ तले घर सरकारलाई दिने निणर्य गरेका छन ।

भनिन्छन प्राथना गर्ने ओठ भन्दा सेवा गर्ने हात पवित्र हुन्छ भने जस्तै मोरङ सुन्दरहरैचा ९ विराटचौकका पौडे्ल सेवा गर्न तयार भएका छन् । नेपाल आर्मी र प्रदेश १ सरकारको पूर्व तयारीलाई साथ दिन पौडेलले आफ्नो ५ तले घर क्वारेनटाइनका लागि निशुल्क उपलव्ध गराउने जनाएका छन् ।

पौडेलले आफ्नो १० कोठा रहेको ५ तले घरमा १ सय जना भन्दा बढीलाई आवश्यक्ता परेको खण्डमा उपचार गर्न सक्ने क्षमता रहेको बताए । उनले स्थानिय सरकार, प्रदेश सरकार र सम्वधित निकायले आवश्यकता महशुस गरेको खण्डमा क्वारेन्टाइन सेवाका लागि आफ्नो घर उपलव्ध गराउने प्रतिवद्धता जनाएका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर