पूर्वाञ्चल खबर
मेन्छ्यायेम गाउँपालिका, तेह्रथुम सरोकार समाज मोरङ, किरात याक्थुङ खापुङहाङ खङजुम्भो, प्रस्तावित मेन्छ्यायेम अस्पताल र गौखुरी युवा क्लबसँगको सहकार्यमा भएको शिविरमा १ हजार ३ सय ९२ बिरामीले सेवा लिएका थिए ।
विराटनगरको नोबेल शिक्षण अस्पतालको प्राविधिक सहयोगमा भएको शिविरमा ३ सय १ जनाको भिडियो एक्सरे, २ सय ६५ जनाको ल्यावटेष्ट र १ सय १ जनाको ईसीजी गरिएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । त्यस्तै आँखामा समस्या भएका २७ जना र शरीरमा गाँठागुठी पलाएका २१ जनाको सामान्य शल्यक्रियासमेत गरिएको छ ।
सबै रोगहरुको चेकजाँच, ल्याब टेष्ट, भिडियो एक्सरेलगायतका परीक्षण र औषधि निःशुल्क उपलब्ध गराइएको थियो । जसका लागि ७ लाख रुपैयाँ खर्च भएको चेम्बर अफ कमर्शका महासचिव कृष्णप्रसाद दाहालले जानकारी दिए ।
कमर्शका अध्यक्ष सुरेशमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा संघीय सांसद भवानीप्रसाद खापुङ, तेह्रथुम जिल्ला समन्वय समितिका अध्यक्ष शिवप्रसाद ढुंगाना, उपाध्यक्ष प्रेमलता गौतम घिमिरे, कार्यक्रम संयोजक दीपबहादुर खापुङ, मेन्छ्यायेम गाउँपालिकका अध्यक्ष यादव खापुङ, उपाध्यक्ष गीतादेवी गौतम, वडा नम्बर ६ का वडाध्यक्ष प्रदीप बुढाथोकी, कमर्सका कोषाध्यक्ष मनोजकुमार मिश्र, सदस्य संजीव श्रेष्ठलगायतले मन्तव्य व्यक्त गरेका थिए ।