फ्लडलाइट निर्माण कार्यमा ढिलासुस्ती भएको भन्दै मन्त्रालयलाईे ध्यानाकर्षण

खबर पूर्वाञ्चल, ६ चैत्र २०७६, बिहीबार २१:४३

विराटनगर / विराटनगरस्थित सहिद मैदानमा फ्लडलाइट निर्माण कार्यमा ढिलासुस्ती भएको जनाउदै विराट गोल्डकप ट्रष्टले सामाजिक विकास मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।

चैत्र २७ गतेबाट गोल्डकप गराउने जनाउँदै आएको ट्रष्टले आज सामाजिक विकास मन्त्री जीवन घिमिरेसमक्ष निर्धारित समयमा काम नहुदाँ समस्या भएको गुनासो गरेको थियो । सो क्रममा मन्त्री घिमिरेले बैशाखभित्रमा सहिद मैदानमा फ्लड लाइट जडान हुनेमा विश्वस्त हुन आग्रह गरेका थिए ।

फ्लडलाइट्स विराटनगरवासीकै गौरवको विषय भएको बताएका मन्त्री घिमिरेले फ्लडलाइट्स जडानका क्रममा खेलकुद निकायकै ब्यक्ति सम्मिलित पाँचजनाको टोलीले त्यसविषयमा थप चासो लिनुपर्नेमा जोड दिएका थिए । फ्लडलाइट्स निर्माणका लागि खेलकुदकोतर्फबाट किरण गिरी, उद्योगी नवीन रिजाल, विनोद राउत, क्षेत्रीय खेलकुद विकास समिति, जिल्ला खेलकुद विकास समितिको कार्यालय प्रमुखसहितको टोली रहेको मन्त्री घिमिरेले प्रस्टाए ।

निर्माण ब्यवसायीले समयमा काम गर्न नसकेको विषयमा सोही टोलीका पदाधिकारीले चासो लिनुपर्नेमा त्यो हुन नसकेको मन्त्री घिमिरेले बताए । ध्यानाकर्षणका क्रममा उपस्थित किरण गिरीलाई समन्वय गर्न सुझाव दिदैै मन्त्री घिमिरेले यसविषयको जानकारी उपलब्ध गराउन जोड दिए।

फ्लड लाईट्स लगाउने विषयमा आफू सकारात्मक र दृढ रहेको बताएका मन्त्री घिमिरेले क्याविनेटबाट यसलाई पास गराउनुपर्ने प्रस्टाए। गत असोजमा टेण्डर र सम्झौता भएपनि हालसम्म कार्य प्रगतिको नतिजा आउन नसकेको स्वीकारेका थिए। तथापी, ट्रष्टका महासचिव मनोज बस्नेतले हाल निर्माण पक्षले काम लथालिङ अवस्थामा राखीदिदाँ आफूहरुलाई प्रतियोगिता गराउने विषयमा निरासा भएको प्रस्टाएका थिए।

सोही क्रममा टोलीले मैदानको पूर्वउत्तरतर्फ निर्माण भएको प्याराफिट भत्काएकोमा असन्तुष्टि जाहेर गरेको थियो। निर्माण भएको प्याराफिट भत्काएर बीचमा फ्लडलाईटको पोल राख्दा थप समस्या सृजना हुने र दर्शक बस्ने संख्या कम हुने टोलीको भनाइ थियो।

अर्कोतर्फ निर्माण ब्यवसायी कम्पनी कार्की बन्धु अमर जेभी कन्स्ट्रक्सनले मन्त्रालयले पछिल्लो रिभाइज्ड भएको सम्झौताको चिठी नपाएको गुनासो गरेको छ। यसअघि, फल्ड लाईट्सको फाउण्डेसनको विषयमा अन्योल रहेको थियो। तथापी, कन्स्ट्रक्सनले काम सुरु गरेको ९० दिनभित्र फ्लड लाईट्स जडान गर्ने जनाउँदै आएको छ।

फ्लड लाईट निर्माणका लागि मन्त्रालयले ४ करोड २९ लाख रुपैया बजेट विनियोजन गरेको छ। काम सुरु गरेको जमिनबाट करिब ३३ मिटर अग्लो हुने लाइट्समध्ये प्रत्येक एकमा २७ गरि कुल १ सय ८ वटा बत्ती जडान हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

arniko
pabson Brt

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५